महाकाली नदीमा डुबेर एक किशोरीको मृत्यु, अर्का एक जना अझै बेपत्ता

बैतडी । महाकाली नदीमा डुबेर बैतडीका एक किशोरीको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता भएकी छन् ।

मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँड रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए ।

शिवनाथ गाउँपालिका–१ कुस्मतघाटस्थित महाकाली नदीमा आज विहान १० बजेतिर नुहाउने क्रममा रजनी बेपत्ता भएको र केही समयपछि नेपाल प्रहरी र स्थानीयले मृतावस्थामा फेला पारेको बताए । 

शिवनाथ गाउँपालिकाको स्वाला बस्ने १३ वर्षीया रजनी चाड र १२ वर्षीया अस्मिता चाड महाकाली नदीमा नुहाउन क्रममा बेपत्ता भएका थिए । बेपत्ता अस्मिता चाडको भने खोजी कार्य भइरहेको जनाएको छ ।