
सीता पौडेल
४ फागुन,काठमाडौं ।नेपाली भाषा,साहित्य र संस्कृतिको उनन्नयनका लागि सधैं अग्रसर साहित्यप्रेमीहरु आबद्ध रहेको संस्था ‘ विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान’ ले कवि गोष्ठी तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंको घट्टेकुलो स्थित घट्टेकुलो विकास समाजको भवनको एक सभाहलमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा.विष्णुविभु घिमिरेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम निकै भव्य र सभ्य रुपमा सम्पन्न भएको प्रतिष्ठानका अध्यक्ष गोपीकृष्ण प्रसाइँले बताए।

साथै सोही कार्यक्रमका माझ साहित्यकार तथा लेखक हर्क याक्सोद्धारा लिखित ‘पैतालाका डोबहरु’ आत्मकथाको विमोचन गरिएको अध्यक्ष प्रसाइँले जानकारी दिए ।


नेपाली भाषा,साहित्य र संस्कृतिको विकास र प्रवद्र्धनमा साहित्यकार अर्थात साहित्यप्रेमीहरुको थप योगदान पुगिरहोस् र विश्व साहित्यमा नेपाली साहित्यलाई स्थापित गरि साहित्यको फाँटलाई सधैं हराभारा बनाइरहन सकियोस् भन्ने मूल उद्देश्य राखेर कार्यक्रम आयोजना गरिएको अध्यक्ष प्रसाइँको भनाई थियो ।

साहित्यकारहरु,नरेन्द्र बहादुर श्रेष्ठ,गोपी कृष्ण प्रसाइँ,लक्ष्मी उप्रेती,राधेश्याम लेकाली, बालिका गिरी,अभिकेशर ओली,राधिका दाहाल,चन्द्रमादेन आन्छन्,डिवि पालुवा,कल्पना प्रसाइँँ पाठक,राज रजक,रश्मी रिमाल,जीवन श्रेष्ठ,तेजेन्द्र कुमार प्रसाइँ,सीतामाया पौडेललगायतका कविहरुले कार्यक्रममा रचना वाचन गरेका थिए।
कविहरुले निकै सरल भाषाशैलीमा अनेक बिम्ब र प्रतिकहरुको प्रयोग गरेर कवितामार्फत सामाजिक विकृति,विसंगति र कुरीतिप्रति व्यङग्य गरेका थिए ।भने सामाजिक र राजनीतिक परिवेशलाई चित्रण गरेका थिए ।

कार्यक्रममा कतिपय कविहरुले राजनीतिज्ञहरुलाई कवितामार्फत खबरदारी पनि गरेको प्रतिष्ठानकी वरिष्ठ उपाध्यक्ष प्राज्ञ,साहित्यकार एवम् गीतकार लक्ष्मी उप्रेतीले बताइन् ।सो कार्यक्रममा प्रतिष्ठानले साहित्यकारद्धय दिलिप कुमार ढकाल र खेमराज निरौलालाई खादा,माला र कदरपत्रले सम्मान गरेको थियो ।भने,सम्मानित साहित्यकार द्धय ढकाल र निरौलाले क्रमशः गजल र कविता वाचन गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानकी वरिष्ठ उपाध्यक्ष प्राज्ञ लक्ष्मी उप्रेतीले सम्मानित सष्टा द्धय खेमराज निरौला र दिलिप कुमार ढकालको संक्षिप्त परिचय प्रस्तुत गर्दै साहित्यकार द्धयले नेपाली भाषा र साहित्यको क्षेत्रमा पु¥याउँदै आएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको स्पष्ट पारिन् ।

कार्यक्रममा पूर्व मन्त्री हरिप्रसाद न्यौपाने,पूर्व सभासद नन्द कुमार प्रसाइँ, पूर्व राजदूत प्रल्हाद कुमार प्रसाइँ, विराटनगर महानगरपालिकाका पूर्व मेयर ध्रुवनारायण श्रेष्ठ,मदन पुरस्कार विजेता लेखक भगीराज इंग्नाम,प्रा.डा.फडिन्द्रराज निरौला,गोर्खापत्र संस्थानका पूर्व महाप्रबन्धक भरतकुमार प्रसाइँ,भानु उच्च मावी ताप्लेजुङका पूर्व प्रधानध्यापक तुलाराम गुरुङकोउपस्थिति रहेको थियो ।

त्यस्तै ,विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष तेजेन्द्र प्रसाइँ,सल्लाहकार किशोर उप्रेती,प्रा.डा.कुलराज निरौला,प्रा.डा.छायादत्त न्यौपाने,लगायत विभिन्न संघसंस्थाका बुद्धिजिवी तथा साहित्यप्रेमीहरु, प्रतिष्ठानका अन्य पदाधिकारी तथा सदस्यहरु,विभिन्न मिडियाका पत्रकारहरु लगायतका साहित्य अनुरागीहरुको कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो ।

दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको सो साहित्यिक कार्यक्रमको पत्रकार एवम् साहित्यकार सीताा पौडेल (अर्चना) ले सञ्चालन गरेकी थिइन् ।


