आज प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

४, फागुन काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद   बमोजिम प्रतिनिधि सभा सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

यस्तैगरी गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।