भुसालको निर्देशनमा बनेको ‘बग्दै होला दरम खोला नि’ गीत सार्वजनिक

५, फागुन काठमाडौ । बग्दै होला दरम खोला निु बोलको दोहोरी गीत बजारमा सार्वजनिक भएको छ । दुई प्रेमीको प्रेम र वियोगलाई प्रस्तुत गरेको उक्त गीतको निर्देशन र सम्पादनको काम गिरीप्रसाद भुसालले गरेका छन् । उनको कुशल निर्देशनले गीतलाई दृश्यात्मक रुपमा उत्कृष्ट बनाउने काम गरेको छ ।

भिडियोको छायांकन प्रदीप कँडेलले गरेका छन्। त्यस्तै श्रृङ्गारको काम श्रद्धा कँडेलले गरेकी छन्।गीतकार लक्ष्मण चापागाईंको रचनामा संकल्प सुवेदीले संगीत भरेका छन्। साथै उत्कृष्ट गायकगायिका लक्ष्मण चापागाई र सुनिता बुढा क्षेत्रीको सुमधुर आवाजले गीतलाई अझै उत्कृष्ठ बनाएको छ।

उक्त गीतको एरेञ्जर रमेश सेञ्चुरीको रहेको छ। त्यस्तै मालश्री रेकडिङ स्टुडियोमा गीत रेकर्ड गरिएको हो । आफूले प्रेमीबाट पाएको धोकालाई व्यक्त गरेको गीतको भिडियोलाई लक्ष्मण भुसाल, सुप्रिया हमाल तथा रहमान बस्नेतको उत्कृष्ट अभिनयले भावनात्मक रुपमा झनै समृद्ध बनाएको छ।

गीतकार लक्ष्मण चापागाईको शब्द, संकल्प सुवेदीको लय, र गायिका तथा गायकको स्वर मिलेर बनेको यो गीतले नेपाली सांगीतिक क्षेत्रमा नयाँ योगदान दिने विश्वास गरिएको छ ।