
५, फागुन दाङ । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले देशका लागि योगदान दिने मानिसलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका(११ मालेडाँडामा आज श्रीमणि आचार्य स्मृति पार्क शिलान्यास कार्यक्रममा उनले श्रीमणि आचार्यले देश र जनताका लागि योगदान दिएको बताए । उनले कुनै पनि ठाउँमा खर्च गर्दा त्यसको उपलब्धि हुने गरी खर्च गर्नुपर्ने बताए । भौतिक पूर्वाधार निर्माण गर्दा यस्ता कुरामा ध्यान दिन पोखरेलले आग्रह गरे ।
यस्ता काममा तीनवटै तहका सरकारको सहकार्य आवश्यक रहेको पनि उनले स्पष्ट पारे । विकासका हरेक काममा स्थानीय समुदायको भूमिका महत्त्वपूर्ण हुने भएकाले बनेका संरचना कस्तो हिसाबले सदुपयोग गर्ने भन्ने कुरा स्थानीय समुदायकै भूमिकामा भर पर्ने पोखरेलको भनाइ थियो ।
