
२६, भदौ काडमाडौं ।संसद विघटन गर्न राष्ट्रपतिलाई बालेन शाहा र सागर ढकालले आग्रह गरेकाका छन् । साथै उनिहरु दुबैले अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीलाई समर्थन गर्दै सामाजिक सञ्जाल फेसबुक मार्फत सुझाब दिएका हुन् ।
यस्तो छ उनीहरुले उल्लेख गरेको सुझाब :
जेन जिहरूलाई सागर ढकालको सुझाब :
प्रिय जेन जिका साथीहरू
अबको बाटो १ देखि १० ९२०८३ को वैसाखमा हजुरकै युवा प्रधानमन्त्री
हजुरहरूलाई मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न सक्छु भनेको थिए। त्यस बमोजिम आज बिहान हामीले प्रस्ताव गरेको सुशीला कार्की ज्युमा बालेन जिले पनि समर्थन गरेपश्चात् आम सहमति हुने देखियो। अब गर्नु पर्ने कदमहरू यस प्रकार छन्ः
१)ढिला नगरी राष्ट्रपतिलाई संसद् विघटन गर्न भन्ने
२) सुशीला कार्कीलाई हजुरहरूका माग अनौपचारिक रूपमा राख्ने । सुशीला कार्की र हजुरहरू सहमत भएको ड्राफ्ट फाइनल गर्ने ।
३) त्यो ड्राफ्ट हजुरहरूले फाइनल गरेर राष्ट्रपतिकोमा सम्बन्धित मन्त्रीको रोहवरमा पेस गर्ने ।
४) राष्ट्रपतिले आवश्यक संवैधानिक परिमार्जन गर्ने ९प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सम्बन्धित विषयको विग्यलाइ मन्त्री बनाउने, आदि हजुरको माग बमोजिम०।
५) सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने । ९ जना मन्त्री बनाए पनि भयो ( ह्थ्श् पुस्ताबाट ३(३(३ , जो हजुरहरूले सुशीला कार्कीसँग मिलेर छान्ने। चुनावमा नउठ्ने मनसायको जो मन्त्री बन्छ त्यसलाई बनाउने ।
६) सुशीला कार्कीको सरकारले चुनाव घोषणा गर्छ । चुनावमा पुराना दलका करिब सबै टाउके नेता उठ्न नमिल्ने गरी अध्यादेश ल्याउने। काँग्रेस, एमाले मावोवादी पुरै नयाँ र जागरूक हुन्छ ( कडा प्रतिपक्षको रूपमा सायद।
७)सेनालाई भेटेर चुनावमा सुरक्षा र व्यवस्थापनमा सहयोग गर्न भन्ने।
८) विदेश बसेकालाई भोट हाल्न आव्हान गर्ने । यो सम्भव छ र गर्न सकिन्छ।
९) हजुरले चाहेको प्रधानमन्त्री २०८३ को वैशाखमा हजुरको आँखै अगाडी आउँछ, अबको जम्मा ६(७ महिनामा।
१०) अबको ३० वर्ष न्भल थ्श् रातदिन नभनेर काम गर्ने, न्भल ब्उिजब र उनीहरूको छोराछोरिहरुलाइ विश्वकै एक नमुना देश सुम्पने।
नोटः यो बुँदाहरू पहिलेको प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसँग भएको संवादको आधारमा लेखिएको हो। अब सुशीला जीसँगै उहाँलाई पनि न्भलह् अन्तर्गत ९गृह र निर्वाचन० मन्त्रीपरिषद्मा राख्दा राम्रो होला।
अन्तिममा, हामी न्भल थ् अलि आँटिलो हुन सकेनौ, माफ गर्नुहोला, शान्तिको बाटोमै जाने भन्ने भयो। मैले ८४ मा सेर बहादुरसँगै डडेलधुराबाटै चुनाव लड्ने, बालेनले झापा केपी वलीसँग र रविले प्रचण्डको ठाउँबाट लड्ने सोच थियो । हामी तिनलाई यी तिन निरकुंस शासकले हराए पनि न्भल श् को भविष्य हाम्रो हार कुरवानि दिएर जोगाइदिने भन्ने थियो। २ वर्षको प्लान गरेर डडेलधुरा गएको थिए ( दाँतबाट पसिना आउने गरी मेहनत गर्दै थिए, खुट्टा भरि रगतका घाउ थिए। तर गाउँमा जागरूक बनाउँदा बनाउँदै विश्व इतिहास रचिदिनु भयो।
२ वर्ष सोचेको २ दिनमै के के भयो भयो, नयाँ जिन्दगि शुरु भयो। सायद यस्तो इतिहास २ दिनमै यति ठुलो परिवर्तन संसारमा कमै ठाउँमा भएको होला। रुस क्रान्ति, फ्रेन्च क्रान्ति जस्तो हो यो क्रान्ति पनि हो तर अरू क्रान्ति भन्दा फरक भयो। हजुरहरूले हातमा आएको सेरबहादुरको ज्यान जोगाइदिनु भयो। हजुरहरूले हाम्रो सनातन संस्कृति झल्काइदिनु भयो, जति धन्यवाद दिए पनि जिन्दगी भरि सक्दिन। हजुरहरूलाई शाष्टवत दण्डवत् गर्न चाहन्छु। हजुरहरूलाई धेरै जनालाइ नमिले पनि क्भउ ड मा सहिदहरूलाई सधैँ गर्नेछु। अबको ३० वर्षपछिको क्भउ ड, द्दण्छछ मा पछाडि फर्केर हेर्दा खुसी हुन पाइयोस्, छाती गर्वले ठुलो होस् । त्यसको लागि हामीले यो २ दिनमा ध्वंस गरेको सबै काम पुन निर्माणमा जुटौँ। विश्वका युवाहरुको प्रेरणा हुनु भएको छ,धेरै धेरै धन्यवाद ।
हजुरहरु जस्तै ३ दिन देखि राम्ररि सुत्नै सकेको छैन। न्ययम लष्नजत 🙂, कभभ थयग तयmयचचयध।
यो सुझाब सबै न्भल श् साथीहरुकोमा पुर्याइदिनुहोला है ।
जेन जिहरूलाई बालेनकाे आग्रह,

