विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानद्धारा नाट्यकर्मी एवम् साहित्यकार पुरु लम्साल सम्मानित

सीता पौडेल ( अर्चना)

१० जेठ,काठमाडौं । विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले नाट्यकर्मी एवम् साहित्यकार पुरु लम्साललाई सम्मान गरेको छ ।

प्रतिष्ठानले शनिबार वरिष्ठ संगीतकार एवम् लेखक बुलु मुकारुङको प्रमुख आतिथ्यतामा काठमाडौं स्थिति घट्टेकुलो विकास समाजको सभाहलमा ‘स्रष्टा सम्मान तथा सृजना बाचन समारोहको आयोजना गरेर नाट्यकर्मी लम्साललाई सम्मान गरेको हो ।

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपीकृष्ण प्रसाइँले बहुप्रतिभाशाली लम्साललाई प्रतिष्ठानद्दारा ‘विश्व नेपाली ऋषि रंगमञ्च शीर्ष सम्मान एवं पुरस्कार—२०८१’ अर्पण गरेको बताउनुभयो । उहाँका अनुसार लम्साललाई ११ हजार १ सय ११ रुपैंयाँ नगद राशीसहित कदर पत्रले सम्मान गरिएको थियो ।

समारोहमा संस्थाका अध्यक्ष प्रसाइँले प्रतिष्ठानको एैतिहासिक पृष्ठभूमी केलाउनुका साथै संस्थाले नेपाली भाषा र साहित्यको श्रीबृद्धिका लागि स्थापना कालदेखि आजसम्म गर्दै आएका गतिविधिहरुका बारेमा प्रकाश पार्नुभएको थियो ।साथै उहाँले डायसपोराको साहित्यको समेत चर्चा गर्दै समारोहमा उपस्थित सम्पूर्ण साहित्य अनुरागीहरुलाई शब्दद्धारा स्वागत पनि गर्नभएको थियो। 

सामजसेवी स्व.ऋषिराज बरालको सम्झनामा स्थापना भएको सो पुरस्कार हरेक दुई÷दुई वर्षमा एक जना सष्टालाई अर्पण गर्ने योजना रहेको स्व.बरालकी धर्मपत्नि तथा पुरस्कारकी संस्थापक निर्मला बरालले बताउनुभयो ।

समारोहमा प्राज्ञ एवम् प्रतिष्ठानकी वरिष्ठ उपाध्यक्ष लक्ष्मी उप्रेतिले सम्मानित स्रष्टा लम्सालको संक्षिप्त परिचय प्रस्तुत गर्दै लम्सालले ठुलीका सपनाहरू नाटक सङ्ग्रह,ओरालो नाटक सङ्ग्रह,पानी घट्ट नाटक सङ्ग्रह,देश हराएका मान्छेहरू नाटक गरि दर्जनौँ नाटकहरूको लेखनसँगै निर्देशन तथा अभिनय समेत गर्दै आएको र वृत्तचित्र निर्माण र गजल संग्रहहरु समेत प्रकाशनमा ल्याएको बताउनुभयो ।

समारोहमा वरिष्ठ संगीतकार तथा लेखक एवम् समारोहका प्रमुख अतिथि बुलु मुकारुङले साहित्यले सामाजको यथार्थ चित्रण गर्ने बताउनु भयो । साथै उहाँले साहित्यको नाटक विधाले नेपाली भाषा,साहित्य,संस्कार र संस्कृतिको विकासको लागि मात्रै नभएर मानिसमा सकारात्मक सोचको विकास गरि समाज रुपान्तरणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको जिकिर गर्नुभयो ।

पुरु लम्साललाई गरिएको सम्मान सिंगो नट्यक्षेत्रलाई गरिएको सम्मान भएको भन्दै उहाँले सम्मानित स्रष्टा लम्साललाई थप जिम्मेवारी बोध गर्दै साहित्य क्षेत्रको उन्नयनमा लाग्नुहुनेछ भन्ने इच्छा व्यक्त गर्नुभयो ।

सम्मानीत भएपछि नाट्यकर्मी लम्सालले सो सम्मान सिंगो नेपाली नाट्यजगतको सम्मान भएको भन्दै यसको उच्च कदर गर्ने र नेपाली साहित्य क्षेत्रमा थप योगदान पु¥याउने भभिभारा थपिएको अनुभूतिसँगै हौसला र प्रेरणा मिलेको बताउनुभयो ।

कार्यक्रममा पूर्व निर्वाचन आयुक्त रामभक्त ठाकुरले आफ्नो जमानामा कलाकारीता वा साहित्यक्षेत्रमा लागेर व्यक्तिको दैनिकी चल्ने अवस्था नरहेको भन्दै आमाले पेशा परिवर्तन गर्न भनेपछि आफूले यसलाई निरन्तरता दिन नसकेको विगत सम्झँदै वर्तमान परिवेशमा कला र साहित्यक्षेत्र पनि अरु क्षेत्रजस्तै सबै हिसाबले बलियो बन्दै गएकोमा खुशी व्यक्त गर्नुभयो । साथै उहाँले युवा पुस्ताहरुले कला र साहित्यक्षेत्रमा राखेको रुची र यी क्षेत्रहरुमा पु¥याएको योगदानकोसमेत प्रसंसा गर्नुभयो ।

समारोहमा घट्टेकुलो विकास समाजका उपाध्यक्ष प्रवीण ओझाले कार्यक्रममा कविहरुले बाचन गरेका कविता एवम् गजलहरुले नेपाली राजनीतिलगायत सिंगो समाजमा देखिएको विकृति र विसंगतिलाई उजागर गरेको र यसबाट निदाइराखेका राजनीतिज्ञहरुलाई देश विकासमा जुट्न जगाउने प्रयास गरेको भन्दै यस प्रकारकोा कार्यक्रम आयोजना गरेकोमा आयोजक विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानलाई धन्यवाद प्रकट गर्नुभएको थियो ।

सो समारोहमा साहित्यकार अविकेशर ओली,राज रजक, सीता घिमिरे, तेजेन्द्र प्रसाई,राजन न्यौपाने,जीवन श्रेष्ठ, सूर्य ब. तामाङ र पत्रकार सीता पौडेल अर्चनाले कविता एवम् गजल प्रस्तुत गर्नुभएको थियो ।भने,संस्थाकी सचिव एवम् गायीका कोपिला सिवाकोटी र गायक जिवन श्रेष्ठले सुमभुर गीत संगीतसमेत प्रस्तुत गर्नुभएको थियो ।

उक्त  समारोहमा पूर्वमन्त्री हरीप्रसाद न्यौपाने,पूर्व राजदुत प्रल्हाद कुमार प्रसाइँ, प्रसाइँ कल्याणकारी कोषका केन्द्रिय अध्यक्ष श्रीकृष्ण प्रसाइँ, संस्थाका सल्लाहकार किशोर उप्रेती, समाजसेवी रामकान्त सिटौला,जष्ट से नो इन्टरनेशनलका अध्यक्ष ऋीषिराज ओझा, घट्टेकुलो विकास समाजका महासचिव चन्द्र घिमिरे,जेष्ठ नागरिक मञ्च वडा नं २९ का अध्यक्ष ध्रुव केसी,विजय स्मारक मा.वि.का पूर्व प्र.अ. सोमनाथ निरौलाको उपस्थिति रहेको थियो ।

यस्तै सामुदायिक सेवा केन्द्र तथा सामुदाायिक प्रहरी केन्द्र घट्टेकुलोका उपाध्यक्ष ध्रूव प्रसाईँ ,सामाजसेवी कृष्णमान श्रेष्ठ,विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष तेजेन्द्र  प्रसाईँ ,आजीवन सदस्यहरु सुमित्रा उप्रेती,पवन कुमार प्रसाई ,कमल प्रसाईँ ,भीष्मराज थपलिया लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको व्यवस्थापनका लागि प्रतिष्ठानका कोषध्यक्ष रीता सिवाकोटीले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो भने राजकुमार डांगी र विजय प्रधानांगको कार्यक्रम व्यवस्थापनमा सकारात्मक सहयोग रहेको थियो ।  

पत्रकार तथा रोटरीयन एवम् कुशल उद्घोषीका सीता पौडेल ( अर्चना)ले  कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।