१ अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा,४करोड बालबालिका जोखिममा
१७ जेठ,काठमाडौं । डब्ल्युएचओले हाल विश्वभर करिब ८८१ अर्ब ३० करोड मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको जनाएको छ । जसमध्ये अधिकांश निम्न तथा मध्यम आय भएका देशमा बसोबास गर्ने धेरै छन्।
पछिल्ला वर्षहरूमा सुर्तीजन्य पदार्थको प्रयोग घट्दै गए पनि अझै विश्वका पाँचमध्ये एक वयस्क व्यक्ति कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको प्रयोगमा संलग्न हुने गरेको छ। सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको डब्ल्युएचओको तथ्याँक छ,जसमा करिब १२ लाख जनाको मृत्यु निष्क्रिय धूमपानका कारण हुने गरेको छ।डब्ल्युएचओेले नयाँ पुस्तालाई सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विशेष आग्रह गरेको छ।
उसका अनुसार विश्वभर १३ देखि १५ वर्ष उमेर समूहका कम्तीमा ८८चार करोड बालबालिकाले सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छ भने विद्युतीय चुरोट र निकोटिन पाउचको प्रयोग युवासँख्या...









