समाचार

दसैँमा काठमाडौँमा नेपाल प्रहरीद्वारा निःशुल्क बस सेवा सञ्चालन

दसैँमा काठमाडौँमा नेपाल प्रहरीद्वारा निःशुल्क बस सेवा सञ्चालन

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
३ कार्तिक,काठमाडौँ। बडा दसैँको अवसरमा काठमाडौँ उपत्यकामा आम नागरिकको सुविधा र सहज आवागमनका लागि नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ। दसैँमा सार्वजनिक यातायात सहजता प्रदान गर्ने उद्देश्यले उपत्यकाका तीनवटा रुटमा कात्तिक ३ र ४ गते निःशुल्क बस सञ्चालन गरिएको हो। प्रहरीले उपलब्ध गराएको पहिलो रुटको बस नक्सालबाट सुरु भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्सालमा फर्किनेछ।  दोस्रो रुटको बस नक्सालबाट सुरु भई रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै कोटेश्वर, एअरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार भएर पुनः नक्साल पुग्नेछ। त्यसैगरी तेस्रो रुटको बस नक्सालबाट सुरु भएर सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसप...
बसन्तपुरको दशैंघरमा भित्र्याइयो फूलपाती, टुँडिखेलमा सेनाको बढाइँ

बसन्तपुरको दशैंघरमा भित्र्याइयो फूलपाती, टुँडिखेलमा सेनाको बढाइँ

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
३१ असोज, काठमाडौं । काठमाडौंको हनुमानढोका दरबारस्थित दशैंघरमा फूलपाती भित्र्याइएको छ । गोरखा दरबारले पठाएको फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको हो । गोरखा दरबारले बिहान बाजागाजासहित डोलीमा राखेर फूलपाती पठाएको थियो । नेपाली सेनासहितको टोलीले सो फूलपाती हनुमानढोका भित्राएपछि दशैंको रौनक बढेको छ । यसैबीच दशैंको फूलपातीको अवसरमा काठमाडौंस्थित टुँडिखेलमा नेपाली सेनाले बढाइँ गरेको छ । सेनाले हरेक वर्ष फूलपातीको दिनमा टुँडिखेलमा फूलपाती बढाइँ गर्दै आएको छ । फूलपाती बढाईं समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विभिन्न कला कौशल पनि देखाइएको छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने पुरानै चलन हो । गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोकाको दशैंघरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ ।  ...
भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुना : नेपाली सेना

भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुना : नेपाली सेना

बिशेष, ब्यानर-२, समाचार
३१ असोज, काठमाडौं । नेपाली सेनाले भोटेकोशी बाढीपछि विपद्का घटनामा गरेको खोज, उद्धार तथा पुनःस्थापनालाई समन्वय, सहकार्य र आपसी सहयोगको उत्कृष्ट संयोजनको संज्ञा दिइएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा सडक र पुल भत्किएर आवागमन ठप्प भएको बेला प्रविधिको उपयोग गर्दै विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सेनाले देखाएको तत्परता र व्यावसायिक क्षमतालाई प्रतिबिम्बित गरेको छ । सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार प्रतिकूल मौसम, दुर्गम भूगोल र चुनौतीपूर्ण परिस्थितिका बाबजुद कठिन घडीमा नागरिकको जीवन रक्षालाई उच्च प्राथमिकतामा राखेर गरिएको खोज,उद्धार,राहत र स्थानान्तरणमा सुरक्षा फौज समन्वयका साथ सक्रिय रूपमा परिचालित थियो । जोखिमपूर्ण परिस्थितिमा परिचालित सैनिकहरूको साहस, कर्तव्यनिष्ठा, व्यावसायिक दक्षता र सेवाभावले जनताको सुरक्षा तथा कल्याणप्रतिको प्रतिबद्धतालाई व्यवहारमै अभिव्यक्त गरेकोले सर...
विपद्का घाउमा मलम लगाउँदै समृद्धिको बाटोमा अघि बढ्छौं : प्रधानमन्त्री

विपद्का घाउमा मलम लगाउँदै समृद्धिको बाटोमा अघि बढ्छौं : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, समाचार
३१ असोज, काठमाडौं । प्रधानमन्त्री बलेन्द्र शाहले सबैलाई बडादसैँको शुभकामना दिएका छन्। शुभकामना सन्देश जारी गर्दै उनले रसुवा,नुवाकोट र गोरखालगायतका क्षेत्रमा भएका विनाशकारी घटनाको शोक ताजा रहेकै बेला दसैँ आएको उल्लेख गरेका छन् । प्रधानमन्त्रीले भनेका छन्, ‘ज्यान गुमाउनुभएकाहरूको चिरात्माको शान्ति तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्न चाहन्छु। सिङ्गो देशका तर्फबाट शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु। विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको पनि उनले उल्लेख गरेका छन् । प्रधानमन्त्रीले दसैँलाई धार्मिक, सामाजिक र सांस्कृतिक महत्त्व बोकेको एकता तथा आत्मीयताको पर्वका रूपमा चित्रण गरेका छन्। परिवार र आफन्तसँग भेटघाट गर्ने, ठूलाबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्पराले नेपाली समाजमा पारिवारिक सम्बन्ध र सांस्कृतिक मूल्यलाई बलियो बनाएक...
आज यी पाँच प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना

आज यी पाँच प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३० असोज,काठमाडौं ।हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल,लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल तथा बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ। देशको हिमाली भूभागका थोरै स्थानमा,लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ। आज राति कोशी,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा तथा हल्का वर्षा र हिमपातको सम्भावना छ।...
नवरात्रको छैटौं दिन,आज कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै

नवरात्रको छैटौं दिन,आज कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
३० असोज,काठमाडौं ।आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै छ । धर्म शास्त्रीहरूका अनुसार कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ । यज्ञ–यज्ञादि,दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुर वृत्तिका राक्षसहरूबाट हुने बिघ्नबाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मिक वचन छ । कात्यायनीको उपासनाबाट रोग,शोक,सन्ताप, भय आदि नष्ट हुने धार्मिक विश्वास रहेको जनविश्वास छ । नवरात्रका अवसरमा काठमाडौं उपत्यकाका विशेषगरि भद्रकाली,नक्शाल,मैतीदेवी,दक्षिणकाली,गुह्यश्वरी लगायतका शक्तिपीठहरुमा पूजा गर्नेहरुको घुँइचो लाग्ने गर्दछ। मन्दिर नजानेहरू आफ्नै दशैं घर वा पूजा कोठामा देवीको पूजा आराधना गर्दछन् ।...
शिक्षा मन्त्रालयद्वारा सातै प्रदेशमा कार्यशाला

शिक्षा मन्त्रालयद्वारा सातै प्रदेशमा कार्यशाला

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
२९ असोज,काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले वार्षिक बजेट तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि सातै प्रदेशमा तीन दिने अभिमुखीकरण तथा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। सरकारद्वारा सञ्चालित शिक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने तथा विद्यालय शिक्षा ऐनलाई व्यावहारिक,समयसापेक्ष र विद्यार्थी केन्द्रित बनाउने उद्देश्यले मन्त्रालयले शिक्षा क्षेत्रका सरोकारवालासँग शिक्षा संवाद तथा कार्यशाला सञ्चालन गरेको हो । बजेटमार्फत अघि सारिएका शिक्षा क्षेत्रका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कार्यविधि निर्माण,बजेट खर्चको अवस्था र शैक्षिक गुणस्तर सुधारका विषयमा कार्यशालामा छलफल गरिएको थियो । कार्यशालामा शिक्षा तथा खेलकुदमन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र  झाका अनुसार गत वर्षको बजेट कार्यान्वयनका सिकाइ, सबल पक्ष, चुनौती र कमजोरीहरूको समीक्षा गर्दै बजेटका...
नवरात्र पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना

नवरात्र पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना

ताजा अपडेट, बिशेष, समाचार
२९ असोज,काठमाडौं ।नवरात्रको पाँचौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिएको छ ।प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी),श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ ।नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री,दोस्रो दिन ब्रह्मचारिणी,तेस्रो दिन चन्द्रघण्टा,चौथो दिन कुष्माण्डा,पाँचौँ दिन स्कन्दमाता,छैटौँ दिन कात्यायनी,सातौँ दिन कालरात्रि,आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ ।  ...
सिड्नी विमानस्थलमा कर्मचारीको हडताल

सिड्नी विमानस्थलमा कर्मचारीको हडताल

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, समाचार
२९ असोज,काठमाडौं ।विमानस्थलमा सुरक्षा जाँचको जिम्मेवारी सम्हाल्दै आएका सर्टिस् कम्पनीका सयौँ कर्मचारीले तलब र रोजगारीका सर्तबारे विवाद जारी रहेपछि अक्टोबर १६ शुक्रबार हडताल गर्ने घोषणा गरेका छन्। ट्रान्सपोर्ट वर्कर्स युनियनका अनुसार हडताल बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि राति ९ बजेसम्म हुनेछ। यो हडताल घरेलु तथा अन्तर्राष्ट्रिय टर्मिनलमा लागु हुने बताइएको छ। कर्मचारीहरूले पूर्णकालीन रोजगारीका अवसर बढाउन,कामको तालिका न्यायोचित बनाउन र आंशिक समय काम गर्ने कर्मचारीको कार्यघण्टा कटौती रोक्न माग गरेका छन्। सिड्नी विमानस्थलबाट शुक्रबार यात्रा गर्ने यात्रुले सुरक्षा जाँचमा सम्भावित ढिलाइको सामना गर्नुपर्ने  देखिएको छ ।...
आज यी भूभागमा वर्षाको सम्भावना

आज यी भूभागमा वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२८ असोज, काठमाडौं । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले काहीं मौसम बदली भइरहेको छ भने मुख्यतया सफा रहेको छ । आज बुधबार दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।देशका हिमाली भूभागका साथै बागमती,गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । उता राति पनी देशको हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।...