समाचार

सुनको भाउ १ हजार ९ सय बढ्यो,चाँदीको भाउ के छ ?

सुनको भाउ १ हजार ९ सय बढ्यो,चाँदीको भाउ के छ ?

अर्थतन्त्र, ताजा अपडेट, समाचार
११ जेठ, काठमाडौं । सुनको भाउ सोमबार तोलामा १ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ तोलामा १४० रुपैयाँ बढेको छ । महासंघले आजका लागि चाँदीको भाउ प्रतितोला ५ हजार १५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।...
काठमाडौंका पालिकामा रास्वपा अधिवेशन : टोखा र तारकेश्वरमा सर्वसम्मत

काठमाडौंका पालिकामा रास्वपा अधिवेशन : टोखा र तारकेश्वरमा सर्वसम्मत

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
११ जेठ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका ११ पालिकामध्ये ८ वटाको अधिवेशन गरेर निर्वाचित समिति गठन गरेको छ । कागेश्वरी मनोहरा,गोकर्णेश्वर,चन्द्रागिरी,टोखा,तारकेश्वर,दक्षिणकाली,नागार्जुन र बूढानीलकण्ठ नगरपालिकाको अधिवेशन गरेर नयाँ नेतृत्व चयन भएको छ । पालिका अधिवेशनबाट सभापतिमा चयन हुनेहरूमा चन्द्रागिरीमा जनार्दन केसी,नार्गाजुनमा राजन कोइराला,तारकेश्वरमा विनोद चापागाईं, टोखामा सूर्यप्रसाद काफ्ले,बूढानीलकण्ठमा चिरञ्जीवी पाण्डे,गोकर्णेश्वरमा भागवत सापकोटा,कागेश्वरी मनोहरा राजकुमार न्यौपाने र दक्षिणकालीमा उमेश आचार्य छन् । रास्वपाका काठमाडौं जिल्ला सभापति प्रदीप विष्टका अनुसार,अधिवेशन सकिएका दुई पालिकामा सर्वसम्मत् नेतृत्व चयन भएको थियो भने अन्य छ वटामा निर्वाचन भएको थियो ।काठमाडौं सभापति विष्टका अनुसार टोखा र तारकेश्वर सर्वसम्मत नेतृत्व चयन भएको छ। अधिवेश...
तल्लो सेती जलविद्युत् आयोजना निर्माण  हुँदै

तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुँदै

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
११ जेठ, तनहुँ । तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुँदै गरिने भएको छ । आयोजना प्रमुख हरिकुमार श्रेष्ठले एसियाली बिकास बैंकको २२७ मिलियन अमेरिकी डलर, ३० प्रतिशत स्वपूँजी र ७० प्रतिशत ऋणमा निर्माण गर्न लागिएको जानकारी दिए । अर्धजलाशययुक्त सो आयोजनाको बाँध तनहुँको बन्दीपुर–६ र देवघाट गाउँपालिका–३ मा पर्दछ । विद्युत्गृह, कर्मचारी आवास, मुख्य सुरुङ देवघाट गाउँपालिका–३ र ४ मा पर्दछ । श्रेष्ठले विद्युत्गृह तथा कर्मचारी आवास निर्माणका लागि आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको पनि बताए।  ...
कञ्चनपुरमा कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण

कञ्चनपुरमा कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण

कृषि, ताजा अपडेट, बिशेष, समाचार
१० जेठ, काठमाडौं । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखामा मौज्दात रहेको रासायनिक मल वितरणको प्रक्रिया अगाडि बढाइएको छ । शाखाले मौज्दात मलको पुनः कोटा निर्धारण गरी सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराउने तयारी गरेको छ ।हाल शाखाको गोदाममा एक हजार मेट्रिक टन युरिया, ५०० मेट्रिक टन डिएपी र १५० मेट्रिक टन पोटास मौज्दात रहेको शाखा प्रबन्धक हेमराज जोशीले जानकारी दिए ।   शाखा प्रबन्धक हेमराज जोशीले सहकारीमार्फत कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।उनका अनुसार मौज्दात रहेको मल सहकारीलाई निर्धारण गरिएको कोटाअन्तर्गतकै भए पनि निर्धारित समयभित्र नउठाउँदा गोदाममै थन्किएको हो । उनका अनुसार शाखाले आगामी आवश्यकतालाई दृष्टिगत गर्दै थप मल आपूर्तिका लागि केन्द्रीय कार्यालयमा माग पठाइसकेको जनाएको छ । “थप मल ...
नेपाल इन्जिनियर्स एसोसिएसनको डिजिटल रूपान्तरण तथा नवप्रवर्तन समिति गठन

नेपाल इन्जिनियर्स एसोसिएसनको डिजिटल रूपान्तरण तथा नवप्रवर्तन समिति गठन

ताजा अपडेट, ब्यानर-१, समाचार
१० जेठ,काठमाडौं ।नेपाल इन्जिनियर्स एसोसिएसनले इन्जिनियरिङ क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग,डिजिटल प्रणालीको विकास तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले “डिजिटल रूपान्तरण तथा नवप्रवर्तन समिति” गठन गरेको छ। नेपालमा हाल धेरै सार्वजनिक निर्माण तथा पूर्वाधार आयोजनाहरू समयमै सम्पन्न नहुने, लागत अत्यधिक वृद्धि हुने तथा परियोजनाहरू निर्धारित गुणस्तर र समयसीमाभित्र सम्पन्न हुन नसक्ने समस्या बढ्दो रूपमा देखिएको समितिको भनाइ छ। इ.महेश कार्कीको संयोजकत्वमा इ.सुधीर थापा तथा आर्किटेक्ट आरजु माली सहसंयोजक रहेको सो समितिको सदस्य सचिवको जिम्मेवारी इ.यम कृष्ण पोखरेल छन्। समितिका सदस्यहरूमा इ. प्रियङ्का मल्ल, इ. सचिन बज्राचार्य, आर्किटेक्ट राघव स्याङ्दान,इ. मिलन के.सी., इ. अंकु जैसवाल तथा इ. रवि कुमार शाह रहेका छन् । समितिले अध्ययन,अनुसन्धान,तालिम,कार्यशाला तथा जनचेतनामूलक कार्यक्रम सञ्...
क्यान्सरको जीवनरक्षक औषधिको हाहाकार,बिरामीको अवस्था गम्भीर

क्यान्सरको जीवनरक्षक औषधिको हाहाकार,बिरामीको अवस्था गम्भीर

ताजा अपडेट, बिशेष, समाचार, स्वास्थ्य
९ वैशाख,काठमाडौं ।क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि अभावले देशभरका अस्पतालमा उपचार सेवा प्रभावित भएको छ । किमोथेरापीमा प्रयोग हुने जीवरक्षक औषधि ‘कार्बोप्लाटिन’  र  ‘सिस्प्लाटिन’ हाहाकार भएपछि बिरामीको बिचल्ली भएको चिकित्सकहरुले बताएका छन्। वीर अस्पताल,भक्तपुर क्यान्सर अस्पताल र पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञहरुले क्यान्सर बिरामीको जीवनरक्षक औषधि अभाव हुँदा देशभरका बिरामीको जीवन संकटमा परेको  र समयमै किमोथेरापी नपाउने बिरामीमा क्यान्सर झन् छिटो फैलिने जोखिम रहेकोमा चिन्ता व्यक्त गरेका छन्। औषधि आयातकर्ता खाडीको द्वन्द्व, कच्चा पदार्थको मूल्यवृद्धि र उत्पादन लागत बढेका कारण औषधि आपूर्तिमा समस्या भएको बताउँछन्।  ...
म्याग्दीमा दाताको सहयोगमा नागरिक सहायता कक्ष भवन निर्माण

म्याग्दीमा दाताको सहयोगमा नागरिक सहायता कक्ष भवन निर्माण

अर्थतन्त्र, ताजा अपडेट, प्रेरक प्रसङ्ग, बिशेष, ब्यानर-२, वातावरण, समाचार
९ जेठ,म्याग्दी । जिल्ला प्रहरी कार्यालयको परिसरमा नागरिक सहायता र प्रहरी परिचालन कक्षको भवन निर्माण भएको छ । ३५ लाख बराबरको लागतमा दुई तले भवन निर्माण गरेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। “पुरानो साँघुरो भवनबाट सेवा प्रवाहमा असहज भएपछि त्यसलाई भत्काएर नयाँ बनाइएको हो,” उनले भने “सरकारी निकायको बजेट खर्च नगरी म्याग्दीमा निर्माणाधीन जलविद्युत आयोजना र दाताहरूको सहयोगबाट भवनका साथै प्रवेशद्वार र शौचालय निर्माण भएको छ ।” ३८ जना दाताहरूले उपलब्ध गराएको निर्माण सामग्री,नगदको विवरण भवनमा सूचना पाटी बनाएर सार्वजनिक गरिएको छ । नयाँ भवनको भुईँ तलामा सहायता कक्ष छ भने पहिलो तलामा बहुउद्देश्यीय सभा हल तथा बैठक कक्ष बनाइएको छ । दाताहरूमा म्याग्दीखोला जलविद्युत आयोजनाको प्रवर्द्धक हाइड्रो भिलेजले रु.  चार लाख ७२ हजार चार सय ७८, कालीगण्डकी गर्जले रु. चार लाख, मध्य कालीगण्डक...
आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
९ जेठ, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । आज शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मुख्यतया सफा रहने महाशाखाको भनाई छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागको केही स्थानहरूमा, मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ। गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई भू–भागमा तातो लहर हुने सम्भावना र...
रिलायन्स कलेजको ऐतिहासिक उपलब्धि

रिलायन्स कलेजको ऐतिहासिक उपलब्धि

कला, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
८ जेठ,काठमाडौं ।एम्बेसडर अफ पाकिस्तान 9th Annual speech competition – 2026 मा रिलायन्स कलेज BSW प्रथम वर्षकी छात्रा विश्वकला नेपालले प्रथम स्थान हासिल गर्न सफल भएकी छिन ।  WILL AI ENGULF LIBRARIES ? शीर्षकमा आयोजित उक्त Speech Competition मा नेपालभरिका सयौं विद्यार्थीहरूमध्येबाट छानिएका अन्तिम १५ प्रतियोगी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा आफ्नो प्रस्तुति दिएका थिए। नेपाल ल क्याम्पस,नेसनल ल क्याम्पस,सेन्ट जेभियर्स,केएमसी,रातो बङ्ला,भिएस निकेतन लगायतका विद्यालय तथा कलेजहरूका विद्यार्थीहरुले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतिस्पर्धीहरु सबैलाई पछि पार्दै काठमाडौंको चाविल स्थित रिलायन्स कलेजकी छात्रा नेपालले सो प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल  भएकी हुन् । आफ्नो प्रस्तुतिमार्फत प्रथम स्थान हासिल गर्न सफल भएकी विश्वकला नेपालले ४० हजार नगद र प्रमाणपत्र प्राप्त ...
खुल्यो कालंगा हाइड्रोपावरको आईपीओ

खुल्यो कालंगा हाइड्रोपावरको आईपीओ

अपराध, जीवनशैली, ताजा अपडेट, समाचार
८ जेठ, काठमाडौं । आम सर्वसाधारणका लागि शुक्रबारदेखि कालंगा हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । कम्पनीले सर्वसाधारण समूहमा जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँको ४९ लाख कित्ता सेयर निष्कासन गर्दैछ । जसमध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारमा रहेका नेपाली, म्युचुअल फन्ड, कर्मचारी लगायतलाई निष्कासनपश्चात बाँकी रहेको २८ लाख ७० हजार कित्ता सेयर आम सर्वसाधारणलाई निष्कासन भएको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । आईपीओमा जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्ता तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरो सेयर वा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।...