समाखुशीमा पर्खाल भत्किएपछि जोखिमयुक्त स्थानलाई जोखिम मुक्त बनाउन पहल

२२ असार,काठमाडौं । शनिबार राती परेको पानीले काठमाडौं महानगरपालिका वडा नं. ३ सामाखुसी खोला चिरायु अस्पताल र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नजिक पर्खाल भत्काएपछि ८ वटा घर जोखिममा परे।

घरलाई जोखिममुक्त बनाउन महानगर प्रहरी बलका नगर प्रहरी नायव उपरीक्षक लीलाराज गाछा र ध्रुवकुमार भुजेल नेतृत्वको टोलीले जोखिमयुक्त स्थानलाई जोखिममुक्त बनाएको छ।

कल्भर्टबाट आएको वेग गतिको पानीले खोलाको पर्खाल भत्काएपछि ।तत्काल ८ घर जोखिममा देखिएका छन् ।

महानगरपालिकाले विपद व्यवस्थापन विभाग र महानगर प्रहरी बल सम्मिलित क्यूआरटी (क्वीक रेस्पोन्स टीम)ले प्रतिकार्यका लागि वडाको विपद व्यवस्थापन समितिलाई सक्रिय बनाइएको विभागका प्रमुख अनिरुद्र नेपालले बताए ।

स्थानीयका अनुसार यहाँ ढल निकासको क्षमता कमजोर हुनुका साथै बर्खाको पानीले प्लास्टिक,बालुवा, माटो बगाएर ल्याएपछि नदी जाम हुनुे समस्या छ ।