
८ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) घुस रकमसहित पक्राउ परेका छन् ।
उनलाई अख्तियार अनुसन्धान आयोगको टोलीले २१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।
स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दुःख हैरानी दिएको र घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले लेखा अधिकृतलाई सेवाग्राहीबाट २१ हजार घुस लिइसकेको अवस्थामा उक्त रकमसहित काठमाडौं महानगरपालिका वडा नं. ३० को कार्यालयबाट शुक्रबार नियन्त्रणमा लिएको जनाएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
