‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन

७ साउन,काठमाडौं। सरकारले सञ्चालमा ल्याएको ‘हेलो सरकार’ मा बुधबार सम्म १ हजार ४४२ वटा गुनासो प्राप्त भएका छन्।

प्राप्त गुनासोमध्ये अनलाइन पोर्टलमार्फत दर्ता भएका ३६२ वटा तथा प्राप्त ६०० फोन कलबाट ५६७ वटा गरी कुल ९२९ वटा गुनासो व्यवस्थापन गरिएको प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।

उनका अनुसार बाँकी ८८७ वटा गुनासो सम्बन्धित निकायमा आवश्यक कारबाहीका लागि पठाइएको छ।