ब्यानर-१

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२८ असोज,काठमाडौं । नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । साथै दुर्गा सप्तशती (चण्डी),श्रीमददेवी भागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौं दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिन्छ । नवदुर्गामा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्छ ।नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति,ऐश्वर्य र विद्या प्राप्त हुने धार्म...
सहज रूपमा ग्यास आपूर्ति सुरु भएको ग्यास उद्योग संघको दाबी

सहज रूपमा ग्यास आपूर्ति सुरु भएको ग्यास उद्योग संघको दाबी

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, समाचार
२७ असोज,काठमाडौं।नेपाल एलपी ग्यास उद्योग सङ्घले काठमाडौं उपत्यकामा एलपी ग्यासको वितरण प्रणालीलाई पुनः नियमित बनाइएको दाबी गरेको छ। सङ्घद्धारा मंगलबार जारी प्रेस विज्ञप्तिमा उपत्यकामा सहज रूपमा ग्यास वितरण भएको दाबी गरेको हो। सङ्घले आफ्नो नजिकको आधिकारिक डिलरमा गएर नियमित रूपमा ग्यास खरिद गर्न आम उपभोक्ता तथा सरोकारवालाहरूलाई अनुरोध गरेको छ । यसअघि उपभोक्ताको सहजताका लागि भन्दै असोज २५ गते आइतबारदेखि असोज ३० गते शुक्रबारसम्मका लागि विभिन्न ब्राण्डका ग्यास सिलिण्डरहरू संयुक्त रूपमा बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको संघले उल्लेख गरेको छ । यद्यपि,बिहीबार र शुक्रबार डिलरमार्फत नियमित ग्यास आपूर्ति गर्नुपर्ने भएकाले उक्त संयुक्त व्यवस्था असोज २८ गते बुधबारसम्म मात्र लागू हुने सङ्घले जनाएको छ।तर उपभोक्ताहरूले भने अझै पनि ग्यास नपाएर खाना पकाउनै समस्या भइरहेको बताउँदै आएका छन् ।...
बूढीगण्डकी बाढीको कारण भीषण हिमपहिरो : स्थिति प्रतिवेदन

बूढीगण्डकी बाढीको कारण भीषण हिमपहिरो : स्थिति प्रतिवेदन

ताजा अपडेट, बिशेष, ब्यानर-१
२६ असोज, काठमाडौं ।बूढीगण्डकी नदीमा आइतबार आएको विनाशकारी बाढीको मुख्य कारण उच्च हिमाली भागमा गएको भीषण हिमपहिरो वा चट्टानी पहिरो रहेको पाइएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको स्थिति प्रतिवेदन अनुसार माथिल्लो तटीय क्षेत्रमा गएको पहिरोका कारण नदीमा लेदोसहितको बाढी आएको हो। केन्द्रको भौगोलिक तथा भौगर्भिक भू (उपग्रह (स्याटेलाइट) विश्लेषण अनुसार अक्टोबर ६ सम्म सामान्य हिउँ र चट्टान मात्र देखिएको क्षेत्रमा अक्टोबर १० मा व्यापक नयाँ हिमपात भएको थियो। सोही उच्च हिमशिखरबाट सुरु भएको ठूलो हिमपहिरोले तीव्र गतिमा ठाडो खोँच हुँदै बाटोका वनस्पति र माटो बगाएर ल्याएको प्रतिवेदनमा उल्लेख छ। उच्च भागबाट बगेर आएको गेग्रान चुम्लिङ र रिप्चेत नजिकैको मुख्य दोभानमा पुगेर थुप्रिँदा नदीको प्राकृतिक बहाव केही समयका लागि अवरुद्ध हुन पुगेको थियो। तल्लो उपत्यकामा बनेको सोही गेग्...
आज दुर्गा पक्षको दोस्रो दिन,ब्रह्मचारिणी देवीको पूजा गरिँदै

आज दुर्गा पक्षको दोस्रो दिन,ब्रह्मचारिणी देवीको पूजा गरिँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२६ असोज,काठमाडौं । आज आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ। आइतबार नवरात्रको पहिलो दिन दशैंघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । नौ दुर्गामध्येकी देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति,ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दि...
दशैंको पहिलो दिन आज घटस्थापना

दशैंको पहिलो दिन आज घटस्थापना

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२५ असोज,काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । आज घटस्थापनाको साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यताअनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय होे । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो,कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।‘...
शनिबारसम्म यी प्रदेशमा भारी वर्षाको सम्भावना,आइतबारदेखि आकाश खुल्ने

शनिबारसम्म यी प्रदेशमा भारी वर्षाको सम्भावना,आइतबारदेखि आकाश खुल्ने

बिशेष, ब्यानर-१, वातावरण, समाचार
२३ असोज, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको छ। आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ। मधेस प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधरणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ।  हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । मधेस लगायत कोशी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको केही स्थानमा तथा बागमती,गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी,बागमती र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । आज राति कोशी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थान,बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी ...
आज विश्व दृष्टि दिवस

आज विश्व दृष्टि दिवस

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार, स्वास्थ्य
२२ असोज, काठमाडौं ।‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ आज विश्व दृष्टि दिवस मनाइँदैछ । हरेक वर्ष ‘अक्टोबर’ महिनाको दोस्रो बिहीबार मनाइने यो दिवसका आवसरमा आज आँखा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम गरि  मनाउन लागिएको हो । यस वर्षको नाराले आँखाको हेरचाह गर्न तथा सरकार र सरोकारवालाहरुलाई जिम्मेवार र उत्तरदायी बन्न प्रेरित गरेको छ ।  वर्तमान परिवेशमा ग्लुकोमा,आँखाको पर्दासम्बन्धी रोग,मधुमेहसँग सम्बन्धित दृष्टि समस्या,उमेरसँग सम्बन्धित आँखाका रोग र दृष्टि दोष जस्ता समस्या आँखाको लागि चुनौती बन्दै गएका छन् ।  बढ्दो औसत आयु,नसर्ने रोगको भार,बदलिँदो जीवनशैली र डिजिटल उपकरणको व्यापक प्रयोगले आँखाको स्वास्थ्यमा नयाँ किसिमका जोखिम थपिरहेको आँखा स्वास्थ्यसँग सम्बन्धित विशेषज्ञहरुको भनाइ छ ।...
दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२० असोज,काठमाडौं ।नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति,परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्न नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ। नेपाल पर्यटन बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौं उपत्यकासहित देशका विभिन्न पर्यटकीय गन्तव्यमा स्थानीय तह तथा पर्यटनसम्बद्ध संघसंस्थासँगको सहकार्यमा लिङ्गे पिङ राख्न लागेको हो । बोर्डले ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका,चाँगुनारायण नगरपालिका,भक्तपुर पर्यटन विकास समिति,ठमेल पर्यटन विकास समिति,हिमालयन उद्धार सङ्घ,टान,होटल सङ्घ नेपाल,होटल व्यवसायी महासङ्घ तथा विभिन्न प्रदेशका होटल तथा पर्यटन व्यवसायी संघसंस्थासहित पर्यटकीय क्षेत्रका सम्बन्धित निकायसँग सहकार्य गरेको छ । विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्...
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाका १७ बुँदे आचारसंहिता

कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाका १७ बुँदे आचारसंहिता

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२० असोज,काठमाडौं ।नेपाली कांग्रेसले अफूहरुले पालना गर्नुपर्ने राजनीतिक मर्यादा र आचरणको मापदण्ड सार्वजनिक गरेको छ। काठमाडौंमा जारी १५औं महाधिवेशनमा कंग्रेस सभापति गगनकुमार थापाले राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै पार्टीले अबदेखि  ‘ गर्ने र नगर्ने’  विषयको स्पष्ट सीमारेखा उल्लेख गरेका हुन् । दस्तावेजको खण्ड ९(७ ) मा उल्लेख भएको सो मापदण्ड अनुसार कांग्रेसले चुनावमा गठबन्धन नगर्ने, भ्रष्टाचारमा मुछिएकालाई संरक्षण नदिने र गुट वा पैसाका आधारमा टिकट नबाँड्ने प्रतिबद्धता जाहेर गरेको छ। संवैधानिक नियुक्तिमा दुई वर्षको कुलिङ अफ लागू गर्ने र बिचौलियाको प्रभावलाई रोक्ने नीति पनि लिइएको छ। साथै कांग्रेसले मापदण्डलाई विधान,कार्यविधि, अभिलेख र सार्वजनिक समीक्षाबाटै लागू गर्ने समेत जनाएको छ ।...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१९ असोज,काठमाडौं । सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब १० करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् । यसैगरी,बैठकले पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको नेपाल इन्जिनियरिङ सेवा गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू स्वीकृत गरेको छ।साथै, वैकल्पिक विकास वित्त परिचालन नियमावलीलाई समेत स्वीकृति प्रदान गरेको छ। यस्तै जेन्जी आन्दोलनसँग सम्बन्धित घटनाहरूमा दर्ता भएका फौजदारी मुद्दाहरू फिर्ता लिन सकिने वा नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेस गरेको प्रतिवेदनलाई आवश्यक कार्यान्वयनका लागि ग...