ब्यानर-१

उद्देश्यभन्दा सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो : कांग्रेस सभापति थापा

उद्देश्यभन्दा सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो : कांग्रेस सभापति थापा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१९ असोज,काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा पछिल्लो दुई दशकको राजनीतिक यात्रामा कांग्रेसबाट  धेरै  कमजोरी भएको स्वीकारेका छन्।   कांग्रेसले राजनीतिक उद्देश्यभन्दा पद र सत्तालाई प्राथमिकता दिएको,नीतिगत सहकार्यलाई लेनदेनमा सीमित गरेको,सार्वजनिक नियुक्तिमा भागबन्डा खोजेको र आफ्ना पक्षका व्यक्तिलाई जोगाउने प्रवृत्ति अपनाएको उनको स्पष्टोक्ति छ। यस्ता अभ्यासले कांग्रेसको  विश्वसनीयता मात्र गुमाएको नभएर सार्वजनिक संस्थाको स्वायत्तता र राजनीतिक दलप्रतिको नागरिक भरोसासमेत कमजोर बनाएको उनको भनाई छ। कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेका राजनीतिक परिवर्तनका उपलब्धिलाई अस्वीकार गर्न नहुने, तर ती उपलब्धिलाई नागरिकको दैनिक जीवनमा अनुभूत हुने परिणाममा बदल्न नसक्नु नै पार्टीको प्रमुख कमजोरी भएको उनले औँल्याएका छन्। ...
दोहोरो अंक घट्यो सेयर बजार, ४ अर्बमाथि कारोबार

दोहोरो अंक घट्यो सेयर बजार, ४ अर्बमाथि कारोबार

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
१६ असोज, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंकले घटेको छ । शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । आज ०.४५ प्रतिशतले बजार घटेको हो । शुक्रबार कारोबार रकम भने ४ अर्ब नाघेको छ । कुल ३ सय ५६ धितोपत्रको ४३ हजार ६ सय ८५ कारोबारबाट १ करोड १९ लाख १२ हजार ५ सय ५० कित्ता सेयर किनबेच भएको छ । यी किनबेचबाट ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १ सय ८१ रुपैयाँ बराबर कारोबार भएको छ । आज म्युचअल फन्ड र व्यापारबाहेक सबै उपसमूहको मूल्य घट्यो । जसले गर्दा समग्र सेयर बजार घटेको हो । आज सबैभन्दा धेरै (०.७३ प्रतिशत) उत्पादन तथा प्रशोधन उपसमूहका लगानीकर्ताले गुमाएका छन् ।...
बहुविवाह गर्ने र विदेशको पीआर लिनेले निजामती सेवामा प्रवेश नपाउने

बहुविवाह गर्ने र विदेशको पीआर लिनेले निजामती सेवामा प्रवेश नपाउने

कानुन, ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१५ असोज,काठमाडौं । सरकारले सङ्घीय संसद्मा दर्ता गराएको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा बहुविवाह गर्ने र विदेशको पीआर लिनेले अब निजामती सेवामा प्रवेश नपाउने व्यवस्था प्रस्ताव गरेको छ । विधेयकको दफा १८ मा उम्मेदवार हुनका लागि आवश्यक योग्यता र अयोग्यतासम्बन्धी व्यवस्था गरिएको छ । विधेयकको दफा १८ (२) (क) र (ग) मा निजामती सेवामा प्रवेशका लागि अयोग्य मानिने व्यक्तिहरूको सूचीमा ‘बहुविवाह’ गर्ने व्यक्ति र ‘विदेशी मुलुकको पीआर वा ग्रीन कार्ड’ लिएका व्यक्तिहरूलाई समावेश गरिएको छ । यो प्रावधानसँगै अब निजामती सेवामा प्रवेश गर्न चाहने कुनै पनि नेपाली नागरिकले बहुविवाह गरेको वा विदेशी स्थायी आवासीय अनुमति पत्र लिएको अवस्थामा उम्मेदवार हुन पाउने छैनन् । विधेयकले बहुविवाह र पीआर र ग्रिन कार्ड लिने बाहेकका गम्भीर फौजदारी कस...
राहदानी विभागको सर्भर डाउन, कर्मचारी भन्छन्– ‘इन्टरनेटमा समस्या देखियो’

राहदानी विभागको सर्भर डाउन, कर्मचारी भन्छन्– ‘इन्टरनेटमा समस्या देखियो’

ब्यानर-१, समाचार
१५ असोज, काठमाडौं । आज दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागको सर्भर डाउन भएको थियो । कर्मचारीहरुले ‘इन्टरनेट डाउन’ भएका कारण सेवा प्रभावित भएको बताएका थिए । इन्टरनेटमा समस्या आउँदा वायोमेट्रिक लगायतका काम प्रभावित भएको उनिहरुको भनाई थियो।
विकास निर्माण सम्बन्धी कानुन संशोधन गर्दै सरकार

विकास निर्माण सम्बन्धी कानुन संशोधन गर्दै सरकार

कानुन, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१५ असोज,काठमाडौं। सरकारले विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग बुधबार यस विषयमा छलफल गरेका थिए। छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निजी क्षेत्र र व्यवसायमैत्री वातावरण निर्माणका लागि कानुन संशोधनको काम भइरहेको जानकारी गराए । “प्रधानमन्त्रीज्यूको सोच नै निजी क्षेत्रमैत्री र व्यवसायमैत्री वातावरण निर्माण गर्ने हो”,मन्त्री लम्सालले भने,“हामीले हालै फोहोर व्यवस्थापनको क्षेत्रमा पनि यसको अभ्यास गरेका छौँ । फोहोर व्यवस्थापनलाई व्यवसायका रूपमा विकास गर्नुपर्छ भन्ने सोचका साथ काम अघि बढाएका छौँ ।फोहोर व्यवस्थापन पनि एउटा उद्योगका रूपमा विकास हुन सक्छ।त्यसैले यसमा पनि पूर्ण रूपमा व्यवसायमुखी दृष्टिकोण आवश्यक छ ।” मन्त्री लम्सालले उद्योगले भोगेका समस्या स...
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मजदुरहरू आन्दोलित

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मजदुरहरू आन्दोलित

अर्थतन्त्र, कानुन, ताजा अपडेट, ब्यानर-१, समाचार
१४ असोज,काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका आन्दोलित भएका छन् । अदालतको फैसला यथाशीघ्र कार्यान्वयन गर्न कम्पनी व्यवस्थापनसमक्ष माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्। २५ वर्षदेखि निरन्तर काम गर्दै आएका श्रमिकहरूले न्यूनतम पारिश्रमिक, नियुक्ति पत्र, सामाजिक सुरक्षा कोष,उपदान तथा विभिन्न बिदाका सुविधाहरूबाट वञ्चित हुनुपरेकोमा दुखेसो पोख्दै श्रम तथा रोजगार कार्यालय र श्रम अदालतमा कानुनी उपचार खोजेका थिए। ​यसअघि श्रम तथा रोजगार कार्यालयले २०८० जेठ ४ गते श्रमिकहरूको पक्षमा निर्णय गर्दै श्रम ऐन,२०७४ अनुसारका सम्पूर्ण सेवा–सुविधाहरू प्रदान गर्न कम्पनीलाई निर्देशन दिएको थियो। उक्त निर्णयविरुद्ध कम्पनी व्यवस्थापनले श्रम अदालत भक्तपुरमा पुनरावेदन दर्ता गराएको भए तापनि,माननीय अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू प्रेमकुमार राई र निशा बानियाँ...
नागढुंगा सुरुङमार्गमा ओभरटेक गरेपछि कारबाही

नागढुंगा सुरुङमार्गमा ओभरटेक गरेपछि कारबाही

कानुन, ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार
१३ असोज, काठमाडौं ।नागढुंगा सुरुङमार्गभित्र सवारीसाधन ओभरटेक गर्ने दुई माइक्रोबसलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ। सोमबार सुरुङमार्गभित्र ओभरटेक गरी सवारी चलाएकोमा बा.प्र.०१–००६ ख ८८८० र बा.प्र.०१–००७ ख १७९४ नम्बरका दुइवटा माइक्रोबसलाई कारबाही गरिएको हो। कार्यालयका अनुसार सुरुङमार्गभित्र सवारीसाधन ओभरटेक गर्दा दुर्घटनाको जोखिम हुन्छ । यसर्थ यहाँ ट्राफिक नियमको पूर्ण पालना गर्न आवश्यक छ। कारबाहीमा परेका सवारी चालकलाई जनही ५०० रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।...
नाट्टा हेरिटेज रन २०२६ सम्पन्न

नाट्टा हेरिटेज रन २०२६ सम्पन्न

ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार
१२ असोज,काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा ‘नेपाल कलिङ’ नारासहित ‘ नाट्टा हेरिटेज रन २०२६’ सम्पन्न भएको छ । ४७औं विश्व पर्यटन दिवसमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले कार्यक्रम आयोजना गरेको हो । ६ किलोमिटर दौड बसन्तपुर दरबार स्क्वायरबाट सुरु भएर पाटन दरबार स्क्वायरमा पुगेर समापन भएको थियो । दौडमा पुरुषतर्फ रविन्द्र रावत प्रथम भए । द्वितीय सलमान शेख र तृतीय शेरबहादुर शाही बने । महिलातर्फ सुजिना रामदाम प्रथम, सुमित्रा तामाङ द्वितीय र संग्रिला श्रेष्ठ तृतीय बने । दौडमार्फत काठमाडौं र ललितपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई चिनाउने प्रयास गरिएको नाट्टाले जनाएको छ ।...
मानव बेचबिखन नियन्त्रण विधेयक संशोधन प्रस्ताव दर्ता

मानव बेचबिखन नियन्त्रण विधेयक संशोधन प्रस्ताव दर्ता

कानुन, ताजा अपडेट, ब्यानर-१, समाचार
११ असोज, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक २०८३ मा संशोधन प्रस्ताव दर्ता भएको छ ।जसमा २८ जना सांसदले १११ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् । संगठित अपराधको रूपमा फैलिएको मानव बेचबिखनबाट प्रभावित व्यक्तिको आत्मसम्मान, स्वतन्त्रता र मौलिक हकको संरणक्ष गर्ने उद्देश्यले सो विधेयक ल्याएको थियो ।महिला, बालबालिका,लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले गत १४ साउनमा उक्त प्रतिनिधिसभामा दर्ता गरेकी थिइन् । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि तीन वटै तहमा संयन्त्र निर्माण तथा जिम्मेवार बनाउन,पीडित एवं प्रभावितको उद्धार तथा पुनर्स्थापना सम्बन्धी कार्यलाई कानुनी रूपमा प्रष्ट पार्न जरुरी ठानीएको छ । बहुराष्ट्रिय संगठित अपराध विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि अन्तर्गत मानव बेचबिखन, विषेश गरी महिला र बालबालिकाको बेचबिखन...
आज यी प्रदेशमा हुनेछ अति भारी वर्षा

आज यी प्रदेशमा हुनेछ अति भारी वर्षा

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१० असोज,काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको छ। यो प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको छ। आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका अधिकांश स्थानमा, साथै मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षा तथा कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ । आज राति पनि बागमती, गण्डकी, लुम्बिनी...