ब्यानर-१

यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
८ असोज, काठमाडौं । यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर नेपालमा सार्वजनिक गरिएको छ। नेपालका लागि यामाहा दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू राइड्सले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘यामाहा ब्लु फेस्ट’मा नयाँ कलर सार्वजनिक गरेको हो। असोज ५ देखि १० गतेसम्म सञ्चालन भइरहेको एक्सचेन्ज मेलामा असोज ७ गते एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक गरिएको हो।नयाँ भेरियन्टको मूल्य ५ लाख ३४ हजार ९ सय रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ। मोटरसाइकलप्रति ग्राहकको रुचि बढिरहेको र थप कलर विकल्पको माग आएपछि नयाँ ब्लु संस्करण ल्याइएको कम्पनीले जनाएको छ। एक्सएसआर १५५ मा नियो–रेट्रो डिजाइन र आधुनिक प्रविधिसहितको पर्फर्मेन्स रहेको कम्पनीको भनाइ छ । भृकुटीमण्डपमा जारी एक्सचेन्ज मेला असोज १० गतेसम्म सञ्चालन हुनेछ। ५० भन्दा बढी भ्यालुएटरमार्फत पुरानो दुईपांग्रे सवारीसाधनको मूल्यांकन गर...
नारायणगढ-मुग्लिन सडकमा राति ८ बजेदेखि सवारी आवागमन प्रतिबन्ध

नारायणगढ-मुग्लिन सडकमा राति ८ बजेदेखि सवारी आवागमन प्रतिबन्ध

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
८ असोज, चितवन । अविरल वर्षा र त्यसबाट हुन सक्ने विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन सडक खण्डमा रात्रिकालीन सवारी आवागमन बन्द गरेको छ। जल तथा मौसम विज्ञान विभागले चितवन र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी केही दिनसम्म अति भारी वर्षा हुन सक्ने पूर्वानुमानसहित सूचना जारी गरेसँगै प्रशासनले सो निर्णय गरेको हो। कार्यालयले बिहीबार एक सूचना जारी गर्दै राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारीसाधन आवागमनमा रोक लगाइएको जानकारी दिएको छ। साथै मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ। जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायद्धारा जारी हुने सुरक्षा निर्देशनको पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ।  ...
आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
८ असोज,काठमाडौं। हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडीको न्यून चापीय क्षेत्र हाल पश्चिम–मध्य तथा आसपासको उत्तर–पश्चिमी बङ्गालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रको रूपमा रहेको छ । आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तर पश्चिम दिशा तिर सर्ने देखिएको छ। हाल देशभर साधरणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम...
कहिले कहिले छ भारी वर्षाको सम्भावना ? काठमाडौंमा कस्तो पर्ला असर ?

कहिले कहिले छ भारी वर्षाको सम्भावना ? काठमाडौंमा कस्तो पर्ला असर ?

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
७ असोज, काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली क्रमश ःशक्तिशाली बन्दै गएका कारण नेपालभर वर्षा ९वाइड स्प्रेड रेन० गराउने सम्भावना छ । मौसमविद्‍हरूका अनुसार अहिले प्रणाली अन्डमान–निकोबार क्षेत्रबाट आन्ध्र प्रदेश र ओडिसातर्फ अघि बढिरहेको छ । समुद्रमा रहँदा यसले थप ऊर्जा र जलवाष्प प्राप्त गर्दै शक्तिशाली बन्न सक्छ । काठमाडौंमा कस्तो असर होला रु जल तथा मौसम विज्ञान केन्द्रीय विभागका अनुसार अहिलेसम्मको आँकलनमा यो प्रणाली भारतको झारखण्ड हुँदै उत्तरप्रदेशको गोरखपुर हुँदै बिहारतिर आउने सम्भावना देखिएको छ । ‘यदि बिहार र उत्तर प्रदेश आसपास हुँदै आयो भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी जोखिम हुनसक्छ,’ सिग्देलले भने, ‘अहिलेको आँकलनले गोरखपुरतिर हुँदै अघि बढ्ने सम्भावना बढी देखिएको छ । यदि यो आँकलन मिल्यो भने काठमाडौं उपत्यकासहित बागमतीको पूर्वी भेग, लुम्बिनी र गण्डकीमा झ...
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
७ असोज, काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । जसका कारण मौसम बदली भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । उता राति पनि देशभर साधरणतया बादल लाग्नेछ। कोशी प्रदेशको धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, ...
राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह

राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह

कानुन, ताजा अपडेट, ब्यानर-१, शिक्षा, समाचार
६ असोज, काठमाडौं ।राष्ट्रिय सेवा दल विधेयकमा  बालअधिकार सुनिश्चित गर्न बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सरकारलाई आग्रह गरेको छ। सिजपले विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई राष्ट्रिय सेवा दलमार्फत ‘क्याडेटका रूपमा तालिम दिने तथा तालिम प्राप्त जनशक्तिलाई आवश्यकता अनुसार राष्ट्र सेवामा परिचालन गर्ने व्यवस्था सहितको ‘राष्ट्रिय सेवा दलसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाबाट पारित भएकोमा  गम्भीर ध्यानाकर्षण भएको मंगलबार जारी विज्ञप्तीमा उल्लेख गरेको छ। बालबालिकामा अनुशासन,नेतृत्व, स्वयंसेवा,विपद् व्यवस्थापन तथा नागरिक जिम्मेवारी विकास गर्ने गैरसैनिक कार्यक्रम सकारात्मक भए पनि १८ वर्षमुनिका बालबालिकालाई सैन्य प्रकृतिको तालिम, हतियार सम्बन्धी अभ्यास र सुरक्षा तथा द्वन्द्व सम्बन्धी प्रयोजनमा परिचालन गर्ने  व्यवस्था बालअधिकारको दृष्टिले स्वीकार्य हुन नसक्...
बाढी प्रभावित क्षेत्रमा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई मनोसामाजिक परामर्श

बाढी प्रभावित क्षेत्रमा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई मनोसामाजिक परामर्श

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, वातावरण, विचार, शिक्षा, समाचार, स्थानीय
६ असोज,काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज,उद्धार, शव व्यवस्थापन तथा राहत वितरणमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्तालाई सशस्त्र प्रहरी बल नेपालले मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श गरेको छ। सशस्त्र प्रहरी बलको मनोवैज्ञानिक अध्ययन तथा मनोपरामर्श सेवा इकाइको समन्वयमा असोज ४ गते उद्धारकर्तासहित बाढी प्रभावित स्थानीय,कारागारमा रहेका कैदीबन्दी तथा होल्डिङ सेन्टरमा रहेका व्यक्तिलाई परामर्श दिइएको हो। मनोविमर्शकर्ता सेजल गेलाल, काउन्सिलिङ साइकोलोजिस्ट करिश्मा काफ्ले र सशस्त्र प्रहरी नायब उपरीक्षक शम्भु विक्रम शाहसहितको टोलीले रसुवा र नुवाकोटका विभिन्न स्थानमा पुगेर मनोसामाजिक आवश्यकता पहिचान तथा परामर्श प्रदान गरेको थियो। भदौ १० गतेदेखि रसुवाको धुन्चे,टिमुरे,स्याफ्रुबेँसी तथा नुवाकोटको बेत्रावती, त्रिशूली बजार, ढुंगेबजारलगायत क्षेत्रमा सुरक्षाकर्मी खोज तथा उद...
विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन गरिँदै कहिलेदेखि होला कार्यान्वयन?

विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन गरिँदै कहिलेदेखि होला कार्यान्वयन?

ब्यानर-१, राजनीति, शिक्षा, समाचार
६ असोज, काठमाडौं । सरकारले सात वर्षपछि विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन गर्न लागेको छ । त्यसका लागि सरोकारवालाबाट प्राप्त सुझावहरूलाई एकीकृत गर्दै छ । पाठ्यक्रम विकास केन्द्रका अनुसार शिक्षक, विद्यार्थी, अभिभावक, नीति निर्माताबाट सुझाव प्राप्त भइरहेका छन् । सुझाव व्यवस्थापनपछि कुन विषय रहने र कुन विषय नरहनेबारे निर्क्यौल हुनेछ । । शिक्षामन्त्री सस्मित पोखरेलका प्रमुख सल्लाहकार शैलेन्द्र झाले परिमार्जित पाठ्यक्रम आगामी शैक्षिक सत्रदेखि नै लागु हुने बताएका छन् । नयाँ शैक्षिक सत्रमा विद्यार्थीहरूले पुराना पाठ्यपुस्तकबाटै पठनपाठन जारी राख्ने छन् । तत्काल नयाँ पुस्तक लागु हुन नसके पनि पाठ्यक्रमको दायरा परिमार्जन गर्दै हालको कोर्सको भार घटाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिइने शिक्षा मन्त्रालयको तयारी छ । पाठ्यक्रमको पूर्ण रूपान्तरण २ वर्षभित्र सक्ने लक्ष्य राखिएको छ, तर स...
मुग्लिन-नारायणगढ सडक खण्ड पनि पूर्णरूपमा सञ्चालन

मुग्लिन-नारायणगढ सडक खण्ड पनि पूर्णरूपमा सञ्चालन

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१ असोज, काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड पूर्णरूपमा सञ्चालनमा आएको छ । गत २२ भदौदेखि आंशिक रूपमा बन्द गरी तुइन खोलामा खसिरहने पहिरो रोक्नका लागि ‘स्लोप स्टेबिलाइजेसन’ कार्य भइरहेको थियो । सडक डिभिजन भरतपुर चितवनका अनुसार पृथ्वी राजमार्गको कृष्णभिरमा नयाँ ट्र्याकबाट आजदेखि सवारीसाधन गुड्न थालेपछि मुग्लिन – नारायणगढ सडक खण्डमा पनि दुईतर्फी सडक खुला गरिएको हो। कृष्णभिरमा सडक अवरुद्ध भएलगत्तै सडक डिभिजन भरतपुरले तुइनखोलामा आंशिक सडक बन्द गरेर पहिरो रोकथामका लागि ‘स्लोप स्टेबिलाइजेसन’ कार्य गरिरहेको थियो। स्लोप स्टेबिलाइजेसन निर्माण कार्य पूर्ण रुपमा सम्पन्न भइनसकेकाले पनि कार्यालयले जनाएको छ।  ...
असोजमा कुन बैंकले कति दिन्छन् ब्याजदर ?

असोजमा कुन बैंकले कति दिन्छन् ब्याजदर ?

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
३१ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले असोज महिनाका लागि ब्याजदर सूची सार्वजनिक गरेका छन् । अघिल्लो महिनाका लागि हरेक मसान्तको दिन ब्याजदर सूची बैंकहरूले सार्वजनिक गर्दै आइरहेका छन् । असोज महिनामा पनि वाणिज्य बैंकहरूले निक्षेपकर्तालाई दिने औसत ब्याजदर घटेको छ । बैंकहरूले मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजको औसत दर घटेको छ । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीसँगै कर्जाको ब्याज पनि घट्न जान्छ ।...