
८ असोज, चितवन । अविरल वर्षा र त्यसबाट हुन सक्ने विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन सडक खण्डमा रात्रिकालीन सवारी आवागमन बन्द गरेको छ।
जल तथा मौसम विज्ञान विभागले चितवन र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी केही दिनसम्म अति भारी वर्षा हुन सक्ने पूर्वानुमानसहित सूचना जारी गरेसँगै प्रशासनले सो निर्णय गरेको हो।
कार्यालयले बिहीबार एक सूचना जारी गर्दै राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारीसाधन आवागमनमा रोक लगाइएको जानकारी दिएको छ।
साथै मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।
जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायद्धारा जारी हुने सुरक्षा निर्देशनको पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ।

