
८ असोज, काठमाडौं । यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर नेपालमा सार्वजनिक गरिएको छ।
नेपालका लागि यामाहा दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू राइड्सले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘यामाहा ब्लु फेस्ट’मा नयाँ कलर सार्वजनिक गरेको हो।
असोज ५ देखि १० गतेसम्म सञ्चालन भइरहेको एक्सचेन्ज मेलामा असोज ७ गते एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक गरिएको हो।नयाँ भेरियन्टको मूल्य ५ लाख ३४ हजार ९ सय रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ।
मोटरसाइकलप्रति ग्राहकको रुचि बढिरहेको र थप कलर विकल्पको माग आएपछि नयाँ ब्लु संस्करण ल्याइएको कम्पनीले जनाएको छ।
एक्सएसआर १५५ मा नियो–रेट्रो डिजाइन र आधुनिक प्रविधिसहितको पर्फर्मेन्स रहेको कम्पनीको भनाइ छ । भृकुटीमण्डपमा जारी एक्सचेन्ज मेला असोज १० गतेसम्म सञ्चालन हुनेछ।
५० भन्दा बढी भ्यालुएटरमार्फत पुरानो दुईपांग्रे सवारीसाधनको मूल्यांकन गराई जुनसुकै ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ यामाहा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
