ब्यानर-१

कृष्णभीर सडकखण्डमा भोलिदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन हुने

कृष्णभीर सडकखण्डमा भोलिदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन हुने

ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, वातावरण, समाचार
३१ भदौं, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर सडकखण्डमा करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। कृष्णभीरको २७० मिटर नवनिर्मित सडकखण्डमा कटिङ,ग्राभेलिङ तथा सब–सर्फेस ड्रेनेज निर्माण सम्पन्न भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। रातिको समयमा समेत फ्लड लाइटको व्यवस्था गरेर निर्माण भइरहेको र बाँकी काम आज बुधबार बेलुकासम्म सम्पन्न हुने कार्यालयले जनाएको छ ।...
मुगु केन्द्रबिन्दु भएर दुई पटक भूकम्प

मुगु केन्द्रबिन्दु भएर दुई पटक भूकम्प

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
३१ भदौ,काठमाडौं । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १:५१ बजे ४.५ म्याग्निच्युडको पहिलो भूकम्प गएको हो।   त्यस्तै बिहान ४:२८ बजे मुगुकै कलाई वरपर केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको दोस्रो भूकम्प महसुस गरिएको छ।  ...
रोटरी क्लब अफ धुलिखेलले ग¥यो बृहत् आँखा शिविर

रोटरी क्लब अफ धुलिखेलले ग¥यो बृहत् आँखा शिविर

अन्तर्राष्ट्रिय, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, स्वास्थ्य
२८ भदौ,काठमाडौं ।रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक निःशुल्क बृहत् आँखा शिविर सञ्चालन गरेको छ । शनिबार चौतारा सागाँचोकगदी नगरपालिका–५ , मेलम्ची नगरपालिका–११,बाह्रबिसे नगरपालिका–३ र इन्द्रावती गाउँपालिका–५ मा एकैचोटी आयोजित उक्त शिविरबाट १ हजार ४ सय जनाको आँखा परीक्षण गरिनुका साथै आवश्यक औषधि समेत वितरण गरिएको शिविरका संयोजक अशोककुमार श्रेष्ठले जानकारी दिए । शिविरमा १०० जनाको मोतिविन्दुको शल्यक्रिया समेत गरिएको उनले बताए । शिविर सञ्चालन र व्यवस्थापनका लागि  रोटरी क्लब अष्ट्रेलिया,रोटरी कम्युनिटि क्रब्स सिन्धुपाल्चोक लगायतले सहयोग गरेको क्लब प्रेसिडेन्ट मोहन कुमार श्रेष्ठले बताए ।...
मलेसिया पठाउने २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का

मलेसिया पठाउने २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का

कानुन, ताजा अपडेट, ब्यानर-१, समाचार
२८ भदौ,काठमाडौं ।सरकारले मलेसियामा श्रमिक पठाउने २५० वटा म्यानपावरको नयाँ पूर्वस्वीकृति प्रक्रिया तत्कालका लागि रोक्का गरेको छ । विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा आबद्ध भएका २५० वटा इजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थाको मलेसियासम्बन्धी नयाँ पूर्वस्वीकृति रोक्का गरिएको हो। वैदेशिक रोजगार विभागले एफडब्लूसीएमएसमा ‘मुख्य श्रमिक भर्ना संस्था’ का रूपमा सूचीकृत २५ वटा संस्थासँग आबद्ध वा सहयोगी संस्थाका रूपमा रहेका भनिएका २५० वटा संस्थाको पूर्वस्वीकृति रोक्का गरेको हो। मलेसियासँगको श्रम आप्रवासनसम्बन्धी विषयलाई दुई देशबीचको सरकार–सरकार संवादमार्फत समाधान गर्न प्रशासनिक तथा कूटनीतिक पहलसमेत जारी रहेको  भनाइ छ । नेपाल र मलेसियाबीच भएको श्रम सम्झौता तथा नेपालको कानुनअनुसार श्रमिक पठाउने व्यवस्था गर्न मलेसिया सरकारसँग अनुरोध भइरहेको मन्त्रालयले ज...
काठमाडौं सीडीओले भन्यो – ग्यास लुकाएको थाहा पाए तत्काल ९८५१३३८३२२ मा सूचना दिनू

काठमाडौं सीडीओले भन्यो – ग्यास लुकाएको थाहा पाए तत्काल ९८५१३३८३२२ मा सूचना दिनू

अपराध, कानुन, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२८ भदौ, काठमाडौं ।खाना पकाउने ग्यास सहज आपूर्ति भइरहेको भए पनि उपभोक्ताले ग्यास सजिलै पाउन नसकेको गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालय,काठमाडौंले चेतावनी दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै कुनै बिक्रेताले ग्यास लुकाएको वा स्टक भएर पनि बिक्री नगरेको जानकारी प्राप्त भएमा तत्काल खबर गर्न उपभोक्तालाई आग्रह गरेको छ। यस्तो गतिविधि देखिएमा जिल्ला प्रशासन कार्यालय,काठमाडौंका सूचना अधिकारीको फोन नं ९८५१३३८३२२  मा जानकारी दिन भनिएको छ। प्रशासनले जिल्लाभर नै ग्यासको आपूर्ति र वितरणमा अनुगमन गरिरहेको छ । तोकिएको मूल्यभन्दा बढी रकम लिनेलाई पनि कालोबजारीसम्बन्धी प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने प्रसाशनले स्पष्ट पारेको छ।...
संसद्‍मा आज रवि लामिछानेले सम्बोधन गर्ने

संसद्‍मा आज रवि लामिछानेले सम्बोधन गर्ने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२४ भदौ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा रास्वपा सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । एक सांसदका अनुसार सभापति लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावितको खोजी,उद्धार,पुनर्स्थापना,राहत वितरण लगायतबारेमा सम्बोधन गर्ने छन् । संसद् बैठक बुधबार दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न सांसदहरुले विभिन्न विधेयक पनि ’ प्रस्तुत गर्ने कार्यसूची छ ।...
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक,राष्ट्रिय झण्डा आधा झुकाइने

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक,राष्ट्रिय झण्डा आधा झुकाइने

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार, स्वास्थ्य
२२ भदौ,काठमाडौं । भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज सोमबार राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८ मा बसेको मन्त्रिपरिषद्को बैठकले मृतकको सम्झनामा राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। आज नेपालभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने भएको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी अहिलेसम्म १ हजार ३ सय ४२ जनाको मृत्यु भएको तथ्यांक छ । ४ हजार ९९६ जना सम्पर्कविहीन छन्। ६ हजार ८३ जना घाइते  छन् । खोज,उद्धार तथा राहतका लागि २१ हजार ४ सय ६५ सुरक्षाकर्मी परिचालन भएका छन्। बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्ममा १३ हजार ३ सय ९१ जनाको उद्धार गरिएको तथ्यांक छ।...
भोटेकोशी बाढी : ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज

ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
२१ भदौं,काठमाडौं ।भोटेकोशी नदीमा आएको बाढीमा परी घाइते भएका ५८ जनालाई उद्धार गरी राखिएको राष्ट्रिय ट्रमा सेन्टरबाट आजसम्म ३८ जना ‘डिस्चार्ज’ भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं का प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार घाइते ५० जनालाई राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो । स्वास्थ्यमा सुधार आएपछि हालसम्म ३८ जनालाई डिस्चार्ज गरिएको हो। हाल १२ जना घाइतेको उपचार भइरहेको छ।अस्पताल प्रशासनका अनुसार उपचाररत अधिकांश घाइतेको स्वास्थ्य अवस्था सामान्य रहेको छ । भोटेकोशी बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ। सहायता कक्षमार्फत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउनेको क्रम जारी रहेको प्रहरीले जन...
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१७ भदौ,काठमाडौं ।प्रतिनिधिसभाको बैठक बस्दै छ । आज बुधबार दिउँसो १ बजे सिंहदरबारमा बैठक बस्दै छ । भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा सभामुख डोलप्रसाद अर्यालले ‘विशेष प्रस्ताव प्रस्तुत’ गर्ने सम्भावित कार्यसूची छ ।  
भारतबाट आइपुग्यो फरेन्सिक विशेषज्ञ टोली

भारतबाट आइपुग्यो फरेन्सिक विशेषज्ञ टोली

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार, स्वास्थ्य
१४ भदौ, काठमाडौं । रसुवा बाढीबाट ज्यान गुमाएर पहिचान नखुलेकाहरूको डिएनए परीक्षणका लागि भारतबाट फरेन्सिक विशेषज्ञहरू नेपाल आइपुगेका छन्। १८ जनाको टोली आईपुगेको परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए। मृत शरीरहरूको व्यवस्थापनका लागि हावा नछिर्ने एयरटाइट शव थैलीहरू प्राप्त भइरहेको राईले बताएका छन् । सरकारले बाढीबाट ज्यान गुमाउनेहरूको शव खोज्ने क्रम तिब्र बनाएको छ ।...