ब्यानर-१

बाढीको जोखिम नरहेको सूचनापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग सूचारु

बाढीको जोखिम नरहेको सूचनापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग सूचारु

जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, वातावरण, समाचार, स्वास्थ्य
१४ भदौ, काठमाडौं । रसुवा बाढीपछि रोक लगाइएका नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पुनः सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय,चितवनका अनुसार बाढीको जोखिम नरहेको सूचना प्राप्तपछि रोकिएका सबै प्रकारका सवारी साधनको आवागमन सुचारु भएको हो । नारायणगढ–मुग्लिन – पोखरा – काठमाडौँ जाने तथा उताबाट आउने सबै सवारी साधनलाई गन्तव्यतर्फ जान अनुमति दिइएको प्रहरीको भनाई छ। तर पनि वर्षाको मौसम र भौगोलिक संवेदनशीलताका कारण यात्रामा सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।...
व्यवसायीको मनोबल ३६ वर्षयताकै कमजोर  : महासंघ अध्यक्ष

व्यवसायीको मनोबल ३६ वर्षयताकै कमजोर : महासंघ अध्यक्ष

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
९ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीको मनोबल पछिल्लो ३६ वर्षयताकै कमजोर भएको बताएका छन् । नाडा अटो शो —२०२६ को १८ औं संस्करणको उद्घाटन समारोहमा उनले सो कुरा बताएका हुन्।उनले भने, ‘मेरो ३६ वर्षको करियरको अनुभवले अहिले सबैभन्दा कमजोर मनोअवस्थामा पुगेको ठान्छु । ‘बजार शिथिल रहेकाले अर्थतन्त्र चूनौतीपूर्ण छ । समग्र माग बढ्न सकेको छैन, उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ छ। व्यवसायीको मनोबल निकै गिरेको छ ।’ नयाँ सरकारले बजेटको प्रतिवद्धता अनुसार व्यवहारमा काम गर्न नसकेको उनले बताए । ‘सरकारले बजेटमार्फत अर्थतन्त्र चलायमान बनाउने प्रतिवद्धता व्यक्त गरेको छ । ५ देखि ७ वर्षमा ३ हजार डलरको प्रतिव्यक्ति आय,१ सय बिलियनको अर्थतन्त्र र १२ लाख रोजगारीको प्रतिवद्धता छ,’ उनले भने, ‘बजेटका घोषणा अगाडि बढेनन् ।सोही अनुसारको रणनीति बनेको देखिदैन । अर्थतन्त्...
विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
८ भदौं,काठमाडौ।सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालको विज्ञापन बजारलाई स्वच्छ,पारदर्शी,प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्र सुधार गर्ने गरी काम गरिरहेको बताएका छन् । सञ्चारमन्त्री तिमिल्सिनासँग सोमबार राष्ट्रिय विज्ञापन सङ्घ नेपालका पदाधिकारीले गरेको भेटमा विगतमा सरकारी विज्ञापन वितरणमा आर्थिक अनियमितता भएकोप्रति सरकारको ध्यानाकर्षण भएकोबारे छलफल भयो। सरकारी विज्ञापन वितरणमा समस्या दोहोरिन नदिन सबै सरोकारवालले जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उनको भनाई छ।  ...
बिचौलियाबाट बचाउन पोल्ट्री व्यवसायीको माग

बिचौलियाबाट बचाउन पोल्ट्री व्यवसायीको माग

कृषि, ताजा अपडेट, ब्यानर-१, समाचार
८ भदौ,काठमाडौं ।पोल्ट्री व्यवसायीहरु आन्दोलित भएका छन् ।बिचौलियाको जालो तोड्न आवश्यक रहेको भन्दै उनीहरुले आन्दोलन गरेका छन् । बिचौलियाहरुका कारण साना किसान मर्कामा परको भन्दै देशका विभिन्न स्थानबाट सोमबार काठमाडौं आएर किसानले माइतिघर मण्डलमा प्रदर्शन गरेका हुन्। किसान र उपभोक्तालाई सिधैं जोड्नु पर्ने र बिचौलियाको जालो तोड्नु पर्ने सरकारसँग साना किसानको माग छ । साथै पोल्ट्रीमा ग्रेडिङ प्रणाली बन्द गर्नुपर्ने, भारतीय कुखुरा तस्करी बन्द गर्नुपर्ने,दाना र चल्लाको मूल्य पारदर्शी हुनुपर्ने,वैज्ञानिक मूल्य निर्धारण प्रणाली लागू गर्नुपर्ने,दाना र चल्लाको गुनस्तरीयता सुनिश्चिता गर्नुपर्ने लगायतका मागसमेत राखेका छन् । लगानीको ग्यारेन्टी गर्न पनि किसानको माग छ ।...
सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

कानुन, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
६ भदौ,काठमाडौं ।सार्वजनिक सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन सरकारले ‘सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना,२०८३’ जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को शुक्रबार मुख्यसचिव सहित बसेको बैठकले सो विषयबारे निर्णय गरेको थियो । जसअनुसार समस्या पहिचान गरी कम लागतमा तत्काल प्रभाव पार्ने सुधारका काम कार्यान्वयन गर्ने व्यवस्था गरिएको छ। सेवाग्राहीले अनावश्यक रूपमा कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्ने,आवश्यक कागजात र प्रक्रियाबारे स्पष्ट सूचना उपलब्ध गराउने,सेवाको समय र लागत घटाउने तथा प्रविधिको प्रयोग बढाउने विषयलाई प्राथमिकतामा राखेको छ। कार्ययोजना कार्यान्वयनका लागि मातहतका सबै कार्यालयहरुलाई परिपत्र गरिएको मन्त्रालयले जनाएको छ।...
पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पीएचडी कार्यक्रम सुरु

पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पीएचडी कार्यक्रम सुरु

ताजा अपडेट, ब्यानर-१, शिक्षा, समाचार
२ भदौ,काठमाडौं ।पोखरा विश्वविद्यालयले इन्जिनियरिङतर्फ पीएचडी तहको अध्ययन कार्यक्रम सञ्चालनमा ल्याएको छ। विज्ञान तथा प्रविधि संकायले सिभिल इन्जिनियरिङ तथा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा पीएचडीका लागि आवेदन आह्वान गरेको हो। आवेदन ९ भदौसम्म  प्रवेश परीक्षा १२ भदौमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पोखरा विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ,ढुंगेपाटन,कास्कीमा सञ्चालन हुनेछ।  ३ हजार रुपैयाँ शुल्क तोकिएको छ । पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायमार्फत आवेदन दिन सकिने जनाइएको छ।  विश्वविद्यालयले अनुसन्धानमा रुचि भएका तथा बलियो शैक्षिक पृष्ठभूमि भएका योग्य उम्मेदवारबाट आवेदन माग गरेको छ।  ...
सार्वजनिक यातायातमा सुनको सिक्री चोरी गरी फरार हुने २ जना पक्राउ

सार्वजनिक यातायातमा सुनको सिक्री चोरी गरी फरार हुने २ जना पक्राउ

अपराध, कानुन, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, विचार, समाचार
२ भदौ,काठमाडौं ।सार्वजनिक यातायातमा चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३१ वर्षीय र ४३ वर्षीय पुरुष छन् ।उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरूले २७ साउनमा पुरानो बसपार्कदेखि बिजुली बजारसम्म सार्वजनिक यातायात चढी एक व्यक्तिले गलामा लगाएको सुनको सिक्री चोरी गरी फरार भएको पाइएको प्रहरीले बताएको छ। पक्राउ परेकाहरूलाई कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको छ ।  ...
नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित,कस्तो बन्यो नयाँ कार्यसमिति ?

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित,कस्तो बन्यो नयाँ कार्यसमिति ?

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, समाचार
सीता पौडेल ३० साउन,काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को अध्यक्ष पदमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । शुक्रबार काठमाडौंको सोल्टी होटलमा सम्पन्न ५९औँ वार्षिक साधारणसभा तथा २५औँ कार्यसमितिको निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्ष पाण्डेसहितको नयाँ नेतृत्व चयन भएको हो। नेपालका पर्यटन व्यवसायीहरूको छाता संगठन (नाट्टा) को अध्यक्ष पदका लागि तीन जना उम्मेदवार मध्येमा पाण्डेले १८८ मत प्राप्त गरी विजयी भएको निवर्तमान अध्यक्ष कुमारमणि थपलियाले जानकारी दिए । उनका अनुसार अध्यक्षमा निर्वाचित पाण्डेका निकटतम प्रतिद्वन्द्वी युविका भण्डारीले १५८ मत र जिश्वा तुलाधर श्रेष्ठले १०६ मत प्राप्त गरेकी थिइन्। एभरेस्ट मिराकल ट्राभल्स एन्ड टुर्सका निर्देशक पाण्डेसँग पर्यटन क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव रहेको छ।  निवर्तमान अध्यक्ष थपलियाले नयाँ नेतृत...
व्यावसायिक संस्था लाई राजनीतिबाट टाढा राख्नुपर्छ,भैरहवा र पोखरा विमानस्थल छिट्टै सञ्चालनमा ल्याउँदैछौं   : सभामुख अर्याल

व्यावसायिक संस्था लाई राजनीतिबाट टाढा राख्नुपर्छ,भैरहवा र पोखरा विमानस्थल छिट्टै सञ्चालनमा ल्याउँदैछौं : सभामुख अर्याल

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, विचार, समाचार
२९ साउन, काठमाडौं ।सभामुख डोलप्रसाद (डीपी) अर्यालले व्यावसायिक तथा पेसागत संस्थाभित्र राजनीतिक गतिविधि हुन नहुने बताएका छन् । आज शुक्रबार नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले व्यावसायिक संस्था नाट्टालाई राजनीतिक विवाद र स्वार्थबाट टाढा राख्नुपर्ने आवश्यकता औँल्याए । ‘यो व्यावसायिक संस्था हो, यसमा राजनीति नगरौँ । पर्यटन क्षेत्रको विकास, व्यवसायको प्रवर्द्धन र व्यावसायिक हितका विषयमा केन्द्रित भएर अघि बढौँ’ सभामुख अर्यालले भने । पर्यटकका लागि सबैभन्दा महत्त्वपूर्ण विषय सुरक्षा रहेको उल्लेख गर्दै उनले हवाईजहाज, ट्याक्सी तथा होटललगायत पर्यटन सेवाका हरेक क्षेत्रमा पर्यटकले सुरक्षित महसुस गर्ने वातावरण सृजना गर्नु पर्नेमा जाड दिए । व्यवसायीको व्यवहार, सेवा र सुविधाले पर्यटकलाई आकर्षित गर्ने भन्दै उनले विदेशी र...
देउवालाई विश्वप्रकाशको आग्रह– युवा नेतृत्व सहज रूपमा स्वीकार्नुपर्छ

देउवालाई विश्वप्रकाशको आग्रह– युवा नेतृत्व सहज रूपमा स्वीकार्नुपर्छ

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२९ साउन, काठमाडौं ।नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र युवा नेतृत्वलाई आत्मसात गर्नुपर्नेआवश्यकता टड्कारो रहेको औंल्याएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा उनले परिवर्तन र युवा सहभागितालाई विधि र पद्धतिअनुसार अगाडि बढाउनुपर्ने जोड दिए। ‘नेपाली कांग्रेस अहिले विधि र प्रक्रियामार्फत परिवर्तनको अध्यायमा छ ।युवालाई अगाडि बढाउने विषयमा हामीले ३६ वर्षको युवक देशको प्रधानमन्त्री भएको इतिहासलाई आत्मसात गरेका छौँ भने ५० वर्ष हाराहारीको युवाले पार्टीको नेतृत्व गर्ने कुरालाई पनि सहज रूपमा स्वीकार्नुपर्छ,’ उनले भने । विधि र पद्धतिबाट आएको युवा नेतृत्वलाई स्वीकार गर्न नसक्नुले पार्टीभित्र गम्भीर प्रश्न उब्जाउने उनको तर्क छ...