सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

६ भदौ,काठमाडौं ।सार्वजनिक सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन सरकारले ‘सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना,२०८३’ जारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को शुक्रबार मुख्यसचिव सहित बसेको बैठकले सो विषयबारे निर्णय गरेको थियो । जसअनुसार समस्या पहिचान गरी कम लागतमा तत्काल प्रभाव पार्ने सुधारका काम कार्यान्वयन गर्ने व्यवस्था गरिएको छ।

सेवाग्राहीले अनावश्यक रूपमा कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्ने,आवश्यक कागजात र प्रक्रियाबारे स्पष्ट सूचना उपलब्ध गराउने,सेवाको समय र लागत घटाउने तथा प्रविधिको प्रयोग बढाउने विषयलाई प्राथमिकतामा राखेको छ।

कार्ययोजना कार्यान्वयनका लागि मातहतका सबै कार्यालयहरुलाई परिपत्र गरिएको मन्त्रालयले जनाएको छ।