विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

८ भदौं,काठमाडौ।सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालको विज्ञापन बजारलाई स्वच्छ,पारदर्शी,प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्र सुधार गर्ने गरी काम गरिरहेको बताएका छन् ।

सञ्चारमन्त्री तिमिल्सिनासँग सोमबार राष्ट्रिय विज्ञापन सङ्घ नेपालका पदाधिकारीले गरेको भेटमा विगतमा सरकारी विज्ञापन वितरणमा आर्थिक अनियमितता भएकोप्रति सरकारको ध्यानाकर्षण भएकोबारे छलफल भयो।

सरकारी विज्ञापन वितरणमा समस्या दोहोरिन नदिन सबै सरोकारवालले जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उनको भनाई छ।