
८ भदौं,काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र जेनजी आन्दोलनका घाइतेहरूबिच भेटवार्ता भएको छ।
आज सोमबार गृहमन्त्री गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) को बनस्थली स्थित केन्द्रीय कार्यालयमा घाइते जेनजी,राइड सेयरिङ चालक,ट्रक दुर्घटनाका घाइतेलगायतसँग भेटवार्ता गरेका हुन्।
रास्वपाले पार्टीले आयोजना गरेको नागरिक, नीति र नेतृत्वु विषयक छलफलमा गृहमन्त्री आउने थाहा पाएपछि उनलाई भेट्न पीडितहरू रास्वपाको पार्टी कार्यालय पुगेका थिए।
