
११ असोज, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक २०८३ मा संशोधन प्रस्ताव दर्ता भएको छ ।जसमा २८ जना सांसदले १११ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।
संगठित अपराधको रूपमा फैलिएको मानव बेचबिखनबाट प्रभावित व्यक्तिको आत्मसम्मान, स्वतन्त्रता र मौलिक हकको संरणक्ष गर्ने उद्देश्यले सो विधेयक ल्याएको थियो ।महिला, बालबालिका,लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले गत १४ साउनमा उक्त प्रतिनिधिसभामा दर्ता गरेकी थिइन् ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि तीन वटै तहमा संयन्त्र निर्माण तथा जिम्मेवार बनाउन,पीडित एवं प्रभावितको उद्धार तथा पुनर्स्थापना सम्बन्धी कार्यलाई कानुनी रूपमा प्रष्ट पार्न जरुरी ठानीएको छ ।
बहुराष्ट्रिय संगठित अपराध विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि अन्तर्गत मानव बेचबिखन, विषेश गरी महिला र बालबालिकाको बेचबिखन तथा ओसारपसारको रोकथाम,दमन तथा सजाय गर्ने सम्बन्धमा व्यवस्था भएको पुरक आलेखमा भएका प्रावधानलाई ऐनमा समेट्न लागिएको छ ।
