ताजा अपडेट

गृहमन्त्री गुरुङले गराए स्वास्थ्य परिक्षण

गृहमन्त्री गुरुङले गराए स्वास्थ्य परिक्षण

ताजा अपडेट, बिशेष, राजनीति, समाचार, स्वास्थ्य
२१ भदौ, काठमाडौं ।गृहमन्त्री सुधन गुरुङले नेपाली सेनाको अस्पतालमा स्वास्थ्य परिक्षण गराएका छन् । उनलाई केही दिनदेखि रुघाखोकी लागेको थियो ।साथै खुट्टामा समस्या देखिएको थियो । गुरुङका निजी सचिव जेम्स कार्कीले भने, ‘तीन चार दिनदेखि रुघाखोकी लागेको थियो । खुट्टामा समस्या थियो । अस्पतालमा घाइतेलाई भेट्न जाँदा चेकजाँच गराउनुभएको थियो । चेकजाँचपछिअस्पतालबाट उहाँ फर्किसक्नुभएको छ ।’...
ग्यास अभाव नहुने निगमको दाबी

ग्यास अभाव नहुने निगमको दाबी

जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार
२१ भदौ,काठमाडौं । पछिल्लो तीन दिनमा काठमाडौं उपत्यकामा झन्डै ८८ हजार थान खाना पकाउने एलपी ग्यास सिलिन्डर भित्रिएको नेपाल आयल निगमले जनाएको छ। तराईका उद्योगहरूबाट रिफिल गराएर उक्त परिमाणमा ग्यास भित्र्याएको निगमको भनाई छ । निगको तथ्यांक अनुसार १८ देखि २० भदौसम्म ८७ हजार ८ सय ७७ सिलिन्डर ग्यास काठमाडौं ल्याइएको छ। काठमाडौं,धादिङ र काभ्रेपलाञ्चोकका ग्यास उद्योगका सिलिन्डर अर्को व्यवस्था नभएसम्मका लागि बारा,पर्सा,मकवानपुर,चितवन,नवलपरासी,धनुषा र महोत्तरी जिल्लामा अवस्थित उद्योगमा रिफिल गरी वैकल्पिक मार्गबाट ल्याउने व्यवस्था मिलाइएको छ । उपत्यका भित्रिएका ग्यासमा श्री,सूर्य,ओम,श्रीराम,सगर,साईबाबा,श्रीकृष्ण,श्रीमाया,लोकप्रिय , एभरेस्टरसुगम,नेपाल,एचपी,एसटीसी,सिद्धार्थ, हिमाल,सीताश्री र नमस्ते ब्रान्डका सिलिन्डर छन्।  ग्यास आपूर्ति तथा बिक्री वितरण व्यवस्थित बनाउने निगमको भनाइ छ ।...
भोटेकोशी बाढी : ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज

ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
२१ भदौं,काठमाडौं ।भोटेकोशी नदीमा आएको बाढीमा परी घाइते भएका ५८ जनालाई उद्धार गरी राखिएको राष्ट्रिय ट्रमा सेन्टरबाट आजसम्म ३८ जना ‘डिस्चार्ज’ भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं का प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार घाइते ५० जनालाई राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो । स्वास्थ्यमा सुधार आएपछि हालसम्म ३८ जनालाई डिस्चार्ज गरिएको हो। हाल १२ जना घाइतेको उपचार भइरहेको छ।अस्पताल प्रशासनका अनुसार उपचाररत अधिकांश घाइतेको स्वास्थ्य अवस्था सामान्य रहेको छ । भोटेकोशी बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ। सहायता कक्षमार्फत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउनेको क्रम जारी रहेको प्रहरीले जन...
सरकारले भन्यो-भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित

सरकारले भन्यो-भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित

अन्तर्राष्ट्रिय, ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार, स्थानीय
१७ भदौ,काठमाडौं । भदौ १० गतेको बाढीका कारण करिब १६ लाख मानिस प्रभावित भएको सरकारले सार्वजनिक गरेको पहिलो स्थिति प्रतिवेदनमा उल्लेख छ। बाढीबाट भोटेकोशी–त्रिशूली नदी करिडोरमा ठूलो मानवीय तथा भौतिक भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार सार्वजनिक गरेको सो प्रतिवेदनका अनुसार रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्ला तथा धादिङ,गोर्खा र चितवनलाई मध्यम प्रभावितमा सूचीकृत गरेको छ। मृत्यु र बेपत्ता नेपाल–चीन सीमा नजिकै गएको हिमपहिरो र त्यसपछिको बाढीका कारण  हालसम्म ९८७ जनाको मृत्यु पुष्टि भएको प्राधिकरणले जनाएको छ। सबैभन्दा बढी मृत्यु चितवनमा ३२१ जनाको भएको छ भने नवलपरासी पूर्वमा २१६,नवलपरासी पश्चिममा १७०,नुवाकोटमा ९५,गोर्खामा ६५,धादिङमा ५५,तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको छ। देशका ६२ जिल्लाबाट जम्मा ३,९१६ जना बेपत्ता भएको विवरण प्राप्त ...
भदौ २२ गते राष्ट्रिय शोक घोषणा गर्ने सरकारको तयारी

भदौ २२ गते राष्ट्रिय शोक घोषणा गर्ने सरकारको तयारी

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१७ भदौ,काठमाडौं ।भोटेकोशी -त्रिशूली नदीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न सरकारले भदौ २२ गते राष्ट्रिय शोक घोषणा गर्ने तयारी गरेको छ। २२ गते बाढी गएको १३ दिन पुग्छ।तसर्थ सोही दिन सरकारले राष्ट्रिय शोक घोषणा र सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको मंगलबार बसेको बैठकले सो निर्णय गरेको रास्वपा प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए। विशेष प्रस्ताव पारित गर्न आज बुधबार १ बजे बैठक बस्दैछ। बैठकमा सांसदहरूले भोटेकोशी-त्रिशूली बाढीका कारण भएको क्षति,उद्धार तथा राहतको कार्यबारे धारणा राख्ने संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन्।  ...
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१७ भदौ,काठमाडौं ।प्रतिनिधिसभाको बैठक बस्दै छ । आज बुधबार दिउँसो १ बजे सिंहदरबारमा बैठक बस्दै छ । भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा सभामुख डोलप्रसाद अर्यालले ‘विशेष प्रस्ताव प्रस्तुत’ गर्ने सम्भावित कार्यसूची छ ।  
बाढी प्रभावित क्षेत्रका लागि दूरसञ्चार प्राधिकरणले दियो २० थान स्याटेलाइट

बाढी प्रभावित क्षेत्रका लागि दूरसञ्चार प्राधिकरणले दियो २० थान स्याटेलाइट

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्वास्थ्य
१४ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणका अनुसार दूरसञ्चार प्राधिकरणले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घबाट विपद् सहयोग स्वरूप प्राप्त गरेका यी फोनहरू राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो । १० थान रसुवा र १० थान नुवाकोट जिल्लामा प्रयोग हुनेछन् । स्याटेलाइट फोनहरू आगामी तीन महिनासम्म निःशुल्क प्रयोग गर्न सकिने बताइएको छ ।  ...
भारतबाट आइपुग्यो फरेन्सिक विशेषज्ञ टोली

भारतबाट आइपुग्यो फरेन्सिक विशेषज्ञ टोली

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार, स्वास्थ्य
१४ भदौ, काठमाडौं । रसुवा बाढीबाट ज्यान गुमाएर पहिचान नखुलेकाहरूको डिएनए परीक्षणका लागि भारतबाट फरेन्सिक विशेषज्ञहरू नेपाल आइपुगेका छन्। १८ जनाको टोली आईपुगेको परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए। मृत शरीरहरूको व्यवस्थापनका लागि हावा नछिर्ने एयरटाइट शव थैलीहरू प्राप्त भइरहेको राईले बताएका छन् । सरकारले बाढीबाट ज्यान गुमाउनेहरूको शव खोज्ने क्रम तिब्र बनाएको छ ।...

दृष्टि आई केयरद्वारा बाढीपीडितलाई १६ लाख १ हजार सहयोग,निःशुल्क आँखा उपचार सुरु

ताजा अपडेट, ब्यानर-२, समाचार
१४ भदौ, काठमाडौं ।भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि दृष्टि आई केयर सिस्टमले आर्थिक सहयोगको घोषणा गरेको छ। संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १६ लाख १ हजार रुपैयाँ सहयोग गर्ने भएको हो। यसका साथै बाढी प्रभावितहरूलाई लक्षित गरी निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा पनि सुरु गरिएको संस्थाले जनाएको छ। दृष्टि आई केयर सिस्टमका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा.भाइराजा श्रेष्ठका अनुसार,संस्थाको तर्फबाट १२ लाख १ हजार रुपैयाँ र सम्पूर्ण कर्मचारीहरूको एक दिनको तलब बराबरको ४ लाख रुपैयाँ गरी कुल १६ लाख १ हजार रुपैयाँ कोषमा जम्मा गर्ने व्यवस्था मिलाइएको छ। संस्थाले आफ्ना विभिन्न शाखाहरूमार्फत निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा पनि सञ्चालनमा ल्याएको जनाएको छ। काठमाडौंको कलंकीस्थित दृष्टि आई केयर सेन्टर,धादिङको गल्छी सामुदायिक आ...
बाढी प्रभावित क्षेत्रमा स्वीकृतिबिना ड्रोन नउडाउनू : विपद् प्राधिकरण

बाढी प्रभावित क्षेत्रमा स्वीकृतिबिना ड्रोन नउडाउनू : विपद् प्राधिकरण

अन्तर्राष्ट्रिय, कानुन, ताजा अपडेट, पर्यटन, बिशेष, राजनीति, वातावरण, समाचार
१४ भदौ,काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रशासनको पूर्वस्वीकृतिबिना बाढीग्रस्त क्षेत्रमा ड्रोन उडाएमा कानुन बमोजिम कारबाही हुने बताएको छ। प्राधिकरणले शनिबार एक सूचना जारी गर्दै उद्धारमा लगातार हेलिकप्टर उडिरहेको र ड्रोनले जोखिम पैदा गरेको जनाएको छ। ‘प्रभावित क्षेत्रमा मानवीय उद्धार तथा राहत कार्यका लागि नेपाल सरकार,गृह मन्त्रालय,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण,नेपाली सेना एवं निजी क्षेत्रको समन्वयमा हेलिकप्टरहरू पूर्ण क्षमताका साथ निरन्तर परिचालन भइरहेका छन्,’ सूचनामा भनिएको छ।’ ‘उद्धार कार्य भइरहेको समयमा केही व्यक्ति तथा संस्थाहरूबाट स्थानीय प्रशासनको पूर्वस्वीकृति नलिई अनधिकृत रूपमा ड्रोन उडाएको पाइएको छ।’ यसबाट हवाई सुरक्षामा गम्भीर जोखिम पैदा भएको र खोजी तथा उद्धार कार्यमा प्रत्यक्ष बाधा पुग्न पर्न गएको जनाइएको...