ताजा अपडेट

खोज/उद्धारका लागि १३४ गोताखोरसहित २६ हजार बढी सुरक्षाकर्मी तयारी अवस्थामा

खोज/उद्धारका लागि १३४ गोताखोरसहित २६ हजार बढी सुरक्षाकर्मी तयारी अवस्थामा

जीवनशैली, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१३ जेठ,काठमाडौँ । सरकारले एक सय ३४ गोताखोरसहित २६ हजार २१९ जना सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उनीहरू तीनवटै सुरक्षा निकायबाट तयार भएका जनशक्ति देशभर आवश्यकतामा आधारमा परिचालित हुनेछन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य घटनाको खोज तथा उद्धारका लागि सबै तयारी गरिएको र राष्ट्रिय प्रतिकार्य योजनासमेत तयार पारी लागू भइसकेको छ। उनले निकायहरूलाई जिम्मेवारी तोकिइसकेको पनि बताइन् । मनसुनी विपद्का बेलामा हुने घटनाको खोज तथा उद्धारका लागि नेपाली सेनाका सात हजार ५२४,नेपाल प्रहरीका १० हजार ५८५ र सशस्त्र प्रहरीबाट १३४ गोताखोरसहित आठ हजार ११० जना तयारी अवस्थामा राखिएको र उनीहरू आवश्यकताका आधारमा ७७ वटै जिल्लामा खोज तया उद्धारका लागि जनशक्ति तयार पारिएको उनको भनाइ ...
पूँजीगत खर्च उल्लेख्य बढ्न सकेन : अर्थमन्त्री वाग्ले

पूँजीगत खर्च उल्लेख्य बढ्न सकेन : अर्थमन्त्री वाग्ले

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१३ जेठ,काठमाडौं ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक अवधिसम्म पूँजीगत खर्च उल्लेख्य बढ्न नसकेको बताएका छन्। आर्थिक सर्वेक्षण २०८२–८३ सांसदमार्फत सार्वजनिक गर्दै उनले अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी गराएका हुन्।उनले सांसदमा अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने विषय उल्लेख गरे।राजस्व संकलनमा सुधार भएको र सर्वेक्षणले औंल्याएका विषय बजेटमार्फत सम्बोधन गरिने पनि उनले बताए। उनका अनुसार विश्व अर्थतन्त्रको विस्तार ३.१ प्रतिशतमा सीमित हुने अनुमान रहेको छ,नेपालको उपभोक्ता मुद्रास्फीति ६ प्रतिशत माथि रहने छ। नेपालमा बागमती र गण्डकी प्रदेशबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा तल रहने छ।नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले २४ प्रतिशत र गैरकृषि क्षेत्रले ७६ प्रतिशत योगदान छ। यस वर्ष कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक,द्वि...
आगामी वर्ष १ खर्बको काठ बेच्ने सरकारको लक्ष्य

आगामी वर्ष १ खर्बको काठ बेच्ने सरकारको लक्ष्य

कृषि, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१३ जेठ, काठमाडौं । सरकारले आगामी वर्ष करिब एक खर्बको काठ बेच्ने लक्ष्य राखेको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले यस्तो जानकारी दिएकी हुन् । ‘आर्थिक वर्ष २०८३/८४ मा करिब १ खर्बको काठ बेच्ने लक्ष्य राखेको छु,’ प्रतिनिधिसभाको बैठकमा उनले भनिन्  ।  नेपाली बजारको माग मात्रै पूरा नगरी विदेश निर्यात हुने उनको विश्वास छ । साथै, अब नेपाल काठमा पूर्णरुपमा आत्मनिर्भर  हुने उनको भनाइ छ । ...
प्रधानमन्त्री,रास्वपा सभापति र अर्थमन्त्रीबिच सिंहदरबारमा ४ घण्टा छलफल

प्रधानमन्त्री,रास्वपा सभापति र अर्थमन्त्रीबिच सिंहदरबारमा ४ घण्टा छलफल

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
१३ जेठ,काठमाडौं ।आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटका विषयमा प्रधानमन्त्री बालेन शाह,रास्वपाका सभापति रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच छलफल भएको छ । मंगलबार बेलुका सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबिच झन्डै ४ घण्टाभन्दा बढी समय बजेटका विषयमा केन्द्रित रहेर कुराकानी भएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री शाह,सभापति लामिछाने र अर्थमन्त्री डा. वाग्लेबिच आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कसरी प्रभावकारी रूपमा अगाडि बढाउने भन्ने विषयमा केन्द्रित रहेर विस्तृत छलफल भएको हो । बालेन नेतृत्वको सरकारले ल्याउन लागेको यो पहिलो बजेट भएकाले यसलाई विशेष चासोका साथ हेरिएको छ ।...
तयार भयो नयाँ संसद् भवन: कुर्सीदेखि कार्पेटसम्म निलो

तयार भयो नयाँ संसद् भवन: कुर्सीदेखि कार्पेटसम्म निलो

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१३ जेठ,काठमाडौं । सिंहदरबारस्थित संघीय संसद् भवन निर्माण कार्य सकिएको छ । भित्री सजावट र अन्य प्राविधिक काम सकिएसँगै अब स्थायीरुपमा हल बैठक सञ्चालनका लागि तयार भएको छ । नयाँ संसद् बैठक कक्ष नीलो रङले सजाइएको छ । पर्दा, भित्ता, कार्पेट र सोफाहरू पनि नीलो रङकै छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा नयाँबानेश्वरस्थित संघीय संसद् भवन आगजनीबाट ध्वस्त भएपछि अहिले सिंहदरबारस्थित नयाँ संसद भवनको अस्थायी हलमा संसद् बैठक बसिरहेको छयही हलबाट नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने सरकारको तयारी छ ।...
गोकर्णेश्वरका ३ वडामा बर्डफ्लु पुष्टि

गोकर्णेश्वरका ३ वडामा बर्डफ्लु पुष्टि

कृषि, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार, स्वास्थ्य
१२ चैत, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका ३ वटा वडामा घातक मानिने ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्डफ्लु) पुष्टि भएको छ । नगरपालिकाको वडा नं. २, ३ र ४ मा बर्डफ्लुको सङ्क्रमण देखिएसँगै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन अपिल गरेको छ । नगरपालिकाले यसको नियन्त्रण र रोकथामका लागि विशेष अभियान सुरु गरेको जानकारी दिएको छ ।...
प्रतिनिधि सभा बैठकमा विपक्षीद्वारा अवरोध

प्रतिनिधि सभा बैठकमा विपक्षीद्वारा अवरोध

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१२ जेठ,काठमाडौँ । प्रतिनिधि सभा बैठक विपक्षी दलहरूले अवरोध गरेका छन् ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस,विपक्षी दलहरू नेकपा एमाले,नेपाली कम्युनिस्ट पार्टी,श्रम सस्कृति पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबारको सदनमा अवरोध गरेका हुन् ।  उनीहरूले प्रधानमन्त्री बालेन शाहले सदनलाई बेवास्ता गरेको आरोप लगाएका छन् । ...
काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, ३८ जना घाइते

काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, ३८ जना घाइते

ताजा अपडेट, ब्यानर-१, समाचार
१२ जेठ, बुटवल । कपिलवस्तुको बरइपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । महाराजगंज नगरपालिका–४ बरइपुरस्थित तौलिहवा,बहादुरगंज हुलाकी सडकखण्डमा काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नं को बस बिहान सवा ३ बजे आफैं अनियन्त्रित भई दुर्घटना भएको कपिलवस्तु प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । भने, १९ जनाको अवस्था मध्यम, र अन्य १७ जना सामान्य रहेको र अन्य घाइतेहरुलाई विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिएका छन् ।...
दूरसञ्चार कोषमा भएको १६ अर्बले गाउँमा टेलिफोन र इन्टरनेट पुर्‍याउन सकिन्छ : महावीर पुन

दूरसञ्चार कोषमा भएको १६ अर्बले गाउँमा टेलिफोन र इन्टरनेट पुर्‍याउन सकिन्छ : महावीर पुन

ताजा अपडेट, बिशेष, समाचार
१२ जेठ, काठमाडौं । सांसद महावीर पुनले गाउँ गाउँमा टेलिफोन,मोबाइल र इन्टरनेट सेवा विस्तार गर्न सरकारले बजेट अभावको बहाना बनाउन नहुने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत रहेको १६ अर्ब रुपैयाँ मौज्दात रकमले दुर्गम क्षेत्रमा सञ्चार सेवा पुर्‍याउन सकिने जिकिर गरेका हुन् । उनले भने, ‘ग्रामीण दूरसञ्चार कोष २०५३ सालमा स्थापना गरिएको हो। टेलिफोन प्रयोगकर्ताले तिर्ने शुल्कको २ प्रतिशत रकम उक्त कोषमा जम्मा हुने व्यवस्था छ। तपाईँले १,००० रुपैयाँ खर्च गर्दा २० रुपैयाँ त्यो कोषमा जान्छ, त्यसरी देशभरिका नागरिकबाट सङ्कलन भएको रकम अहिले १६ अर्ब पुगेको छ।’ संसद्मा हाम्रो गाउँमा मोबाइल पुगेन, इन्टरनेट पुगेन भनेर मात्र आवाज उठाउनुभन्दा सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई उक्त कोष परिचालन गर्न दबाब दिनुपर्ने उनको भनाइ थियो । ...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य  निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१२ जेठ, काठमाडौं ।सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न मुख्य ४ वटा निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि निर्णयहरू सार्वजनिक गरेका थिए ।  बैठकका निर्णयहरूः – नेपाल चीन जोड्ने विद्युत् प्रशारण लाइन आयोजना चिलिमे केरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतित्यूतर पत्र (लेटर अफ रिप्लाई) स्वीकृत गर्ने । – आर्थिक वर्ष ०८३र०८४ मा वर्षे धानबालीको न्युनतम समर्थन मूल्य मोटो धानको रु ३६६० प्रतिक्विन्टल र मध्यम धानको रु ३८६० प्रतिक्विन्टल तोक्न । – सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने । – नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने ।...