ताजा अपडेट

नागढुङ्गा सुरुङमार्ग चार पाङ्ग्रे साना सवारीलाई खुला

नागढुङ्गा सुरुङमार्ग चार पाङ्ग्रे साना सवारीलाई खुला

कानुन, ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार
८ भदौ,काठमाडौं । नागढुङ्गा सुरुङमार्ग आज सोमबारबाट सर्वसाधारणका लागि आंशिक रुपमा खुला गरिएको  छ। चार पाङ्ग्रे साना सवारी कार,जिप,भ्यान लगायतका लागि खुला गरिएको सडक विभागका महानिर्देशक डा.विजय जैसीले बताए। अति प्रज्वलनशिल पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनलाई भने प्रवेश दिइने छैन । जैसीका अनुसार अन्य ठूला सवारी साधनले परीक्षणकालपछि प्रवेश गर्न सक्नेछन् ।  तत्कालका लागि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म एकतर्फी मात्र सुरुङमार्ग खुला हुने बताइएको छ ।...
मौद्रिक नीति हरेक साउन १ गते ल्याउनु पर्ने नियम

मौद्रिक नीति हरेक साउन १ गते ल्याउनु पर्ने नियम

कानुन, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८ भदौ, काठमाडौं ।नेपाल राष्ट्र बैंकले हरेक आर्थिक वर्षको पहिलो दिन अनिवार्य रुपमा मौद्रिक नीति ल्याउनु पर्ने नियम बनाएको छ । नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा सो अनुसार नीति ल्याउने मिति तोकिएको छ। सोमबार संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकले साउन १ गते मौद्रिक नीति ल्याउने व्यवस्था गर्ने निर्णय गरेको सभापति डा. कृष्णहरि बुढाथोकीले जानकारी दिए ।...
बिचौलियाबाट बचाउन पोल्ट्री व्यवसायीको माग

बिचौलियाबाट बचाउन पोल्ट्री व्यवसायीको माग

कृषि, ताजा अपडेट, ब्यानर-१, समाचार
८ भदौ,काठमाडौं ।पोल्ट्री व्यवसायीहरु आन्दोलित भएका छन् ।बिचौलियाको जालो तोड्न आवश्यक रहेको भन्दै उनीहरुले आन्दोलन गरेका छन् । बिचौलियाहरुका कारण साना किसान मर्कामा परको भन्दै देशका विभिन्न स्थानबाट सोमबार काठमाडौं आएर किसानले माइतिघर मण्डलमा प्रदर्शन गरेका हुन्। किसान र उपभोक्तालाई सिधैं जोड्नु पर्ने र बिचौलियाको जालो तोड्नु पर्ने सरकारसँग साना किसानको माग छ । साथै पोल्ट्रीमा ग्रेडिङ प्रणाली बन्द गर्नुपर्ने, भारतीय कुखुरा तस्करी बन्द गर्नुपर्ने,दाना र चल्लाको मूल्य पारदर्शी हुनुपर्ने,वैज्ञानिक मूल्य निर्धारण प्रणाली लागू गर्नुपर्ने,दाना र चल्लाको गुनस्तरीयता सुनिश्चिता गर्नुपर्ने लगायतका मागसमेत राखेका छन् । लगानीको ग्यारेन्टी गर्न पनि किसानको माग छ ।...
नेपाल–भारत सीमामा कडा निगरानी गरिने

नेपाल–भारत सीमामा कडा निगरानी गरिने

अन्तर्राष्ट्रिय, कानुन, ताजा अपडेट, पर्यटन, समाचार
६ भदौं, काठमाडौं ।नेपाल र भारत सीमामा कडाइ गर्ने निर्णय भएको छ ।नेपाल र भारतबिच सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदल (जेडब्लुजी) को बैठकले सो निर्णय गरेको हो । कार्यदलको १४ औँ बैठक भारतको देहरादूनमा भदौ ४ र ५ गते बसेको थियो । दुवै देशका नागरिकहरूको सीमा पार आवागमनलाई सहज बनाउने,तेस्रो मुलुकका नागरिकको निगरानीमा कडाइ गर्ने,विपद् व्यवस्थापन र जिल्लास्तरीय समन्वय बैठकहरूलाई प्रभावकारी बनाउने निर्णय बैठकले गरेको गृह मन्त्रालयले जनाएको छ । सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभी जस्ता आधुनिक प्रविधिको प्रयोगबाट सुरक्षा निगरानी बढाउन पनि दुवै पक्ष सहमति भएको मन्त्रालयले जानकारी दिएको छ । दशगजा क्षेत्रको अतिक्रमण र अनाधिकृत प्रयोग नियन्त्रण, एकीकृत जाँच चौकीको पूर्ण सञ्चालन र उपयोग एवम् पारस्परिक कानुनी सहायताका विषयमा पनि छलफल भएको जनाइएको छ । बैठकमा सन् २०२५ मा नेपालको पोखरा...
भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरणको अपिल

भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरणको अपिल

ताजा अपडेट, समाचार
६ भदौं,काठमाडौं ।जेनजी अभियानका अभियान्ता रवि किरण हमालले आगामी भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन अपिल गरेका छन्। उनले भदौ २३ गतेलाई पुनः आन्दोलन गर्ने दिनका रूपमा नभई गत वर्षको जेनजी आन्दोलनको स्मरण,सम्मान,शहीदप्रति श्रद्धा र राष्ट्रिय एकताका लागि समर्पित गर्न आह्वान गरेका हुन्। राष्ट्रिय नागरिक जेनजी अभियानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै हमालले भदौ २३ गते शहीदहरूको आत्माको शान्ति,घाइतेहरूको आत्मबल,शहीद परिवारको भरोसा र समग्र नेपाली जनताको एकताका लागि नागरिकहरू एकजुट हुनुपर्ने बताए। “भदौ २३ गते आन्दोलन गर्न होइन, आन्दोलनको सम्झना र सम्मानमा जुटौँ। शहीदहरूको आत्माको शान्ति, घाइतेहरूको आत्मबल, शहीद परिवारको भरोसा र समग्र नेपाली जनताको एकता कायम गर्न लाखौँ नागरिक सडकमा उत्रिऔँ,” हमालले भने। हमालले आन्दोलनका क्रममा हिंसा, तोडफोड र आगजनी गर्दै राज्यविहीनताको अवस्था ...
स्कुटरको डुब्लुकेट साँचो बनाएर चोरी,चोर्नेसँग २१ थान साँचो

स्कुटरको डुब्लुकेट साँचो बनाएर चोरी,चोर्नेसँग २१ थान साँचो

अपराध, ताजा अपडेट, बिशेष, समाचार
६ भदौं,काठमाडौं ।काममा–२६ स्थित गोङ्गबुबाट पक्राउ परेका एक व्यक्तिबाट प्रहरीले २१ वटा साँचो बरामद गरेको छ । आरोपीले चोरीमा प्रयोग गर्ने विभिन्न कम्पनीको साँचो बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए। मोरङको मिक्लाजुङ गाउँपालिकास्थित मधुमल्ल घर भएका ५४ वर्षीया उनले बेलाबेला काठमाडौँ आउने र पार्किङ गरेर राखिएको स्कुटरको डिकीबाट चोर्ने दाउ गर्छन्। मोबाइलमा कुरा गरेजस्तो गरेर स्कुटरको डिकीमा साँचो घुसार्ने र खुलेपछि जे भेटिन्छ त्यही चोरेर भाग्ने उनको अपराध शैली भएको एसपी कार्कीले बताए। उनीमाथि प्रहरी वृत्त महाराजगन्जले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको बताइएको छ।...
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
६ भदौ, काठमाडौं ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले कोशी,बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति पनि कोशी,बागमती, गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा र लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै...
सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

कानुन, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
६ भदौ,काठमाडौं ।सार्वजनिक सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन सरकारले ‘सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना,२०८३’ जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को शुक्रबार मुख्यसचिव सहित बसेको बैठकले सो विषयबारे निर्णय गरेको थियो । जसअनुसार समस्या पहिचान गरी कम लागतमा तत्काल प्रभाव पार्ने सुधारका काम कार्यान्वयन गर्ने व्यवस्था गरिएको छ। सेवाग्राहीले अनावश्यक रूपमा कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्ने,आवश्यक कागजात र प्रक्रियाबारे स्पष्ट सूचना उपलब्ध गराउने,सेवाको समय र लागत घटाउने तथा प्रविधिको प्रयोग बढाउने विषयलाई प्राथमिकतामा राखेको छ। कार्ययोजना कार्यान्वयनका लागि मातहतका सबै कार्यालयहरुलाई परिपत्र गरिएको मन्त्रालयले जनाएको छ।...
पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पीएचडी कार्यक्रम सुरु

पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पीएचडी कार्यक्रम सुरु

ताजा अपडेट, ब्यानर-१, शिक्षा, समाचार
२ भदौ,काठमाडौं ।पोखरा विश्वविद्यालयले इन्जिनियरिङतर्फ पीएचडी तहको अध्ययन कार्यक्रम सञ्चालनमा ल्याएको छ। विज्ञान तथा प्रविधि संकायले सिभिल इन्जिनियरिङ तथा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा पीएचडीका लागि आवेदन आह्वान गरेको हो। आवेदन ९ भदौसम्म  प्रवेश परीक्षा १२ भदौमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पोखरा विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ,ढुंगेपाटन,कास्कीमा सञ्चालन हुनेछ।  ३ हजार रुपैयाँ शुल्क तोकिएको छ । पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायमार्फत आवेदन दिन सकिने जनाइएको छ।  विश्वविद्यालयले अनुसन्धानमा रुचि भएका तथा बलियो शैक्षिक पृष्ठभूमि भएका योग्य उम्मेदवारबाट आवेदन माग गरेको छ।  ...
सार्वजनिक यातायातमा सुनको सिक्री चोरी गरी फरार हुने २ जना पक्राउ

सार्वजनिक यातायातमा सुनको सिक्री चोरी गरी फरार हुने २ जना पक्राउ

अपराध, कानुन, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, विचार, समाचार
२ भदौ,काठमाडौं ।सार्वजनिक यातायातमा चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३१ वर्षीय र ४३ वर्षीय पुरुष छन् ।उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरूले २७ साउनमा पुरानो बसपार्कदेखि बिजुली बजारसम्म सार्वजनिक यातायात चढी एक व्यक्तिले गलामा लगाएको सुनको सिक्री चोरी गरी फरार भएको पाइएको प्रहरीले बताएको छ। पक्राउ परेकाहरूलाई कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको छ ।  ...