ताजा अपडेट

रिलायन्स कलेजको ऐतिहासिक उपलब्धि

रिलायन्स कलेजको ऐतिहासिक उपलब्धि

कला, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
८ जेठ,काठमाडौं ।एम्बेसडर अफ पाकिस्तान 9th Annual speech competition – 2026 मा रिलायन्स कलेज BSW प्रथम वर्षकी छात्रा विश्वकला नेपालले प्रथम स्थान हासिल गर्न सफल भएकी छिन ।  WILL AI ENGULF LIBRARIES ? शीर्षकमा आयोजित उक्त Speech Competition मा नेपालभरिका सयौं विद्यार्थीहरूमध्येबाट छानिएका अन्तिम १५ प्रतियोगी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा आफ्नो प्रस्तुति दिएका थिए। नेपाल ल क्याम्पस,नेसनल ल क्याम्पस,सेन्ट जेभियर्स,केएमसी,रातो बङ्ला,भिएस निकेतन लगायतका विद्यालय तथा कलेजहरूका विद्यार्थीहरुले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतिस्पर्धीहरु सबैलाई पछि पार्दै काठमाडौंको चाविल स्थित रिलायन्स कलेजकी छात्रा नेपालले सो प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल  भएकी हुन् । आफ्नो प्रस्तुतिमार्फत प्रथम स्थान हासिल गर्न सफल भएकी विश्वकला नेपालले ४० हजार नगद र प्रमाणपत्र प्राप्त ...
खुल्यो कालंगा हाइड्रोपावरको आईपीओ

खुल्यो कालंगा हाइड्रोपावरको आईपीओ

अपराध, जीवनशैली, ताजा अपडेट, समाचार
८ जेठ, काठमाडौं । आम सर्वसाधारणका लागि शुक्रबारदेखि कालंगा हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । कम्पनीले सर्वसाधारण समूहमा जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँको ४९ लाख कित्ता सेयर निष्कासन गर्दैछ । जसमध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारमा रहेका नेपाली, म्युचुअल फन्ड, कर्मचारी लगायतलाई निष्कासनपश्चात बाँकी रहेको २८ लाख ७० हजार कित्ता सेयर आम सर्वसाधारणलाई निष्कासन भएको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । आईपीओमा जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्ता तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरो सेयर वा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।...
काम नरोक्नुस्, तपाईँलाई हामी हेर्छौँ :पूर्वाधार विकासमन्त्री लम्साल

काम नरोक्नुस्, तपाईँलाई हामी हेर्छौँ :पूर्वाधार विकासमन्त्री लम्साल

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, पर्यटन, राजनीति, समाचार
८ जेठ, काठमाडौं ।  पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मूल्यवृद्धिकै कारण निर्माण नरोक्न व्यवसायीलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको पूर्वाधार विकास समिति बैठकमा निर्माण व्यवसायीहरूले निर्माण क्षेत्रका समस्या र चुनौतीबारे जानकारी गराएपछि यस्तो आग्रह गरेका हुन्। निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार लागिपरेको बताए। बैठकमा व्यवसायीहरूले काम सम्पन्न गर्दा पनि भुक्तानी नपाएको, अत्यधिक मूल्यवृद्धि भएको र म्याद थपमा समस्या रहेको गुनासो गरेका थिए। मन्त्री लम्सालले निर्माणको काममा ढिलासुस्ती नगर्न र गुणस्तरमा सम्झौता नगर्न आग्रह गरे। ‘अहिले हाम्रो अगाडि रहेको यो मूल्यवृद्धि सामान्य होइन। यो नेपालकै इतिहासको सबैभन्दा ठूलो मूल्यवृद्धि हो र निर्माण क्षेत्रका लागि यो एउटा ठूलो संकट पनि हो। लगभग ३७ अर्ब जति घाटा भइसकेको थियो। त्यतिवेला डिजेलको मूल्यमा पनि एकदमै धेरै वृ...
सुन घट्यो, चाँदी बढ्यो

सुन घट्यो, चाँदी बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, समाचार
८ जेठ, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा २ लाख ९३ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९३ हजार ८ सय रुपैयाँ थियो । चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५० रुपैयाँ रहेको चाँदी आज ५ हजार ११५ रुपैयाँ कायम भएको छ । ...
सेवाग्राहीको घरमै राहदानी

सेवाग्राहीको घरमै राहदानी

ताजा अपडेट, बिशेष, समाचार, स्थानीय
८ जेठ,महेन्द्रनगर । कञ्चनपुरमा सेवाग्राहीको घर ठेगानामै राहदानी पुर्‍याउन थालिएको छ। सरकारको स्वीकृत १०० कार्यसूचीअन्तर्गत को बुँदा नं २७ मा उल्लेखित सरकारी सेवा घरमै उपलब्ध गराउने नीतिअनुसार यो सेवा कार्यान्वयनमा ल्याइएको जिल्ला हुलाक कार्यालय कञ्चनपुरले जनाएको छ। घर ठेगानामै राहदानी पुर्‍याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयबीच गत वैशाख महिनामा सम्झौता भएको थियो। हुलाक कार्यालय कञ्चनपुरका प्रमुख सरोज पाण्डेयले बिहीबारदेखि सेवाग्राहीको घर आँगनमै राहदानी पुर्‍याउन थालिएको जानकारी दिए। प्रशासनमा राहदानी फारमसँगै घरमै राहदानी चाहने सेवाग्राहीले ठेगानासहितको छुट्टै फारम पनि भर्नुपर्ने प्रमुख पाण्डेयले बताए  ।...
जेठ १४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

जेठ १४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
८ जेठ, काठमाडौं । बकर ईदको अवसरमा यही जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज सूचना जारी गरी सार्वजनिक बिदाबारे जानकारी दिएको हो ।ईद–उल–अज्हा पनि भनिने बकर ईद इस्लाम धमार्वलम्बीको महान चाड हो । मुस्लिम आयोगले जेठ १४ गते बकर ईद परेको जानकारी दिएपछि गृह मन्त्रालयले पनि सो दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिएका छन् ।...
गैरकानुनी रूपमा डाक्टर लेख्नेलाई ३ वर्षसम्म कैद

गैरकानुनी रूपमा डाक्टर लेख्नेलाई ३ वर्षसम्म कैद

कानुन, ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
८ वैशाख,काठमाडौं ।गैरकानुनी रूपमा डाक्टरको उपाधि प्रयोग गर्नेलाई नेपाल मेडिकल काउन्सिलले तीन वर्ष जेल र तीन हजारसम्मको कारबाही गर्ने भएको छ । मेडिकल काउन्सिल र सम्बन्धित परिषद्‌मा कानुनी रूपमा दर्ता नभई नामको अगाडि ‘डाक्टर’ वा ‘चिकित्सक’ लेख्ने व्यक्तिलाई कारबाही गर्ने भएको हो । काउन्सिलले बिहीबार अत्यन्त जरुरी सूचना जारी गर्दै ‘जिरो टोलरेन्स’ नीति अपनाएर अवैध रूपमा ‘डा.’ उपाधि प्रयोग गर्नेहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने जनाएको हो । काउन्सिलले नेपाल मेडिकल काउन्सिल ऐन, २०२० अनुसार आधुनिक चिकित्सा प्रणाली अन्तर्गत बिरामी जाँच्न, परामर्श दिन तथा एलोप्याथिक औषधि सिफारिस गर्न काउन्सिलमा दर्ता भएका चिकित्सकलाई मात्रै अधिकार रहेको स्पष्ट पारेको छ । काउन्सिलमा दर्ता भएका चिकित्सक तथा सम्बन्धित परिषद् ऐनद्वारा ‘चिकित्सक’ उपाधि प्राप्त गरेका बाहेक अन्य कुनै स्वास्थ्यकर्मी वा व्यक्ति...
लमजुङ दरबारको पुनर्निर्माण शुरु

लमजुङ दरबारको पुनर्निर्माण शुरु

ताजा अपडेट, पर्यटन, ब्यानर-२
७ जेठ, लमजुङ। निर्माण अलपत्र परेको १५ महिनापछि लमजुङ दरबारको पुनर्निर्माण अघि बढेको छ। लमजुङ बेँसीसहर नगरपालिका-३ गाउँ सहरस्थित समुद्री सतहबाट एक हजार ४४५ मिटर उचाइमा अवस्थित लमजुङ दरबारको पुनर्निर्माण एक हप्ताअघिदेखि पुनः अघि बढेको हो। विसं २०८१ माघदेखि निर्माण ठप्प रहँदै आएकामा यतिबेला कामले पुनः गति लिन थालेको हो। पुरातत्व विभागका इन्जिनियर गोविन्द अधिकारीले बजेट अभाव, बोलपत्र आह्वानलगायत कारणले दरबारको काम ठप्प रहँदै आए पनि गत वैशाख २० गतेदेखि पुनर्निर्माण अघि बढेको बताए। पुरातत्व विभागका इन्जिनियर अधिकारीका अनुसार रु ४२ लाखमा ठेक्का सम्झौता भएको हो। अहिले दरबारमा रहेका पुरानो र नयाँ काठ छुट्याउने, पर्खाल निर्माण गर्नेलगायत काम भइरहेको पुरातत्व विभागले जनाएको छ । सन्दर्भ तस्विर...
नेपाल टेलिकमको प्रवक्तामा कमल लामिछाने

नेपाल टेलिकमको प्रवक्तामा कमल लामिछाने

ताजा अपडेट, समाचार
७ जेठ, काठमाडौं । नेपाल टेलिकमले कम्पनीको नयाँ प्रवक्तामा प्रबन्धक कमल लामिछानेलाई तोकेको छ।  टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत लामिछानेलाई प्रवक्ता तोकिएको कम्पनीले बिहीबार जनाएको छ।
संविधान संशोधन बहसपत्र कार्यदल र राजनीतिक दलबीच छलफल

संविधान संशोधन बहसपत्र कार्यदल र राजनीतिक दलबीच छलफल

ताजा अपडेट, राजनीति, समाचार
७ जेठ, काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेको छ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज बिहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संविधान संशोधन बहसपत्र सम्बन्धी सुझाब संकलनका लागि राजनीतिक दलका नेताहरूसहित छलफल गरेको हो। छलफलमा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, नेकपाका माधव सापकोटा, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय मुक्ति पार्टी नेपालका केशव झालगायतसँग छलफल भएको बताइएको छ ।...