ताजा अपडेट

दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि ३२ जनाको  आवेदन

दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि ३२ जनाको आवेदन

ताजा अपडेट, समाचार
७ जेठ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न ३२ जनाको आवेदन परेको छ । सूचना तथा सञ्चार मन्त्रालयले मागेको खुला प्रतिस्पर्धाका लागि सो संख्यामा आवेदन परेको मन्त्रालयले जनाएको छ । जसमा रोहित रौनियार, नगेन्द्र कुमार दास, राकेश ताम्राकार, सरोज कुमार शर्मा, प्रदीप कुमार श्रेष्ठ, सुभाष साहको आवेदन परेको छ । यसैगरी सुशील प्रसाद साह, अनिल कुमार झा, नरेन्द्र मान सिं महर्जन, अमलेन्दु नारायण सिंह, नविन जिसी, महेन्द्र प्रसाद पाण्डेय, डा. शैलेन्द्र गिरी, बुद्धि प्रसाद आचार्य, अर्जुन घिमिरे, जनादएन भट्ट, अनन्त मान सिंह, मधुसुदन दाहाल छन् । त्यस्तै दिपक राज लुइँटेल, श्रीकृष्ण सुवेदी, सनाउल्लाह खान, डा. भोजराज घिमिरे, सुनिल कुमार मिश्र, अम्बर स्थापित, पंकज कुमार दास, कृष्ण राम धुँजु, दिपक राज उप्रेती, माधव अधिकारी, नविन कुमार कर्ण, दिपेश शिवाकोटी र डा. राजिब सुब्बाको आवेदन परेक...
घट्यो सेयर बजार,बढ्यो कारोबार

घट्यो सेयर बजार,बढ्यो कारोबार

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
७ जेठ, काठमाडौं । अघिल्लो दिन ३० अंक बढेको सेयर बजार बिहीबार १२.३६ अंक घटेको छ ।  नेप्से परिसूचक २७४२ अंकमा कायम भएको छ । बजार घट्दा कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोडको भयो । आज बजार दिनभरजसो रातो अंकमा रह्यो । ७२ कम्पनीको मूल्य बढ्यो भने १८८ को घट्यो । ९ कम्पनीको मूल्य स्थिर रह्यो । सबैजसो समूहका सूचक घटेका छन् ।  आज धेरै कारोबार भएका पाँच कम्पनीमा आँखुखोला जलविद्युत्, रिडी पावर, बुंगल हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र फर्स्ट माइक्रोफाइनान्स छन् ।...
डाबरकाे मह गुणस्तरहीन,बजारबाट फिर्ता गर्न विभागकाे आदेश

डाबरकाे मह गुणस्तरहीन,बजारबाट फिर्ता गर्न विभागकाे आदेश

अपराध, कानुन, कृषि, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार, स्वास्थ्य
७ जेठ,काठमाडौँ । बजारमा बिक्री भइरहेको डाबर ब्राण्डको मह गुणस्तरहीन भेटिएपछि सरकारले तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गरेको सूचनाअनुसार बजार अनुगमन तथा नमुना परीक्षणका क्रममा डाबर ब्राण्डको ५ सय ग्राम प्याकेटको महको गुणस्तर मापदण्डअनुसार नभएको भेटिएको हो । ब्याच नम्बर  ‘NB00477’  रहेको उक्त मह प्रयोगशाला परीक्षणमा प्रतिकूल देखिएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको विभागले जनाएको छ । विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को व्यवस्थाअनुसार डाबर नेपाल प्रा. लि. जितपुर सिमरा बाराका सबै उत्पादन बिक्री वितरण नगर्न तथा नगराउन समेत निर्देशन दिएको जनाएको छ ।    ...
काठमाडौँ भित्रने साँगा नाकामा धमाधम काम

काठमाडौँ भित्रने साँगा नाकामा धमाधम काम

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार
काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने प्रमुख पूर्वीनाका साँगामा निर्माण भइरहेको अण्डरपासले तीव्रता पाएको छ। अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाअन्तर्गत साँगामा अण्डरपास निर्माण कार्य भइरहेको हो । हाल सूर्यविनायक–धुलिखेल सडक चार लेनमा स्तरोन्नति भइरहेको छ । साँगा क्षेत्रमा अग्लो पहाड भएकाले सडकलाई तलमाथि छुट्टाछुट्टै दुई–दुई लेनमा निर्माण गरिएको छ । यसअन्तर्गत काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधनका लागि बाँयातर्फ दुई लेनको एकतर्फी अण्डरपास  छ । आयोजनाका अनुसार साँगा क्षेत्रमा भक्तपुरबाट बाहिरिने क्रममा सवारीसाधनले लामो उकालो पार गर्नुपर्ने समस्या रहेकाले यात्रालाई सहज बनाउन अण्डरपास निर्माण गरिएको हो । साथै, साँगाचोकमा सवारी आवागमनलाई व्यवस्थित र निर्वाध बनाउने उद्देश्यसमेत रहेको जनाइएको छ । अण्डरपासको कुल लम्बाइ एक हजार १ सय १० मिटर रहेको...
पश्चिमी तराईमा अत्यधिक गर्मी: धनगढीको तापक्रम ४१ डिग्री पुग्ने अनुमान

पश्चिमी तराईमा अत्यधिक गर्मी: धनगढीको तापक्रम ४१ डिग्री पुग्ने अनुमान

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
६ जेठ,काठमाडौं । बुधबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा अत्यधिक गर्मी हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो यी क्षेत्रमा तापक्रम निकै बढ्ने सम्भावना छ। पश्चिमी तराईका अधिकांश सहरमा दिउँसो कडा घाम लाग्ने र ‘तातो दिन’ महसुस हुनेछ। आज सबैभन्दा बढी गर्मी धनगढीमा हुने पूर्वानुमान छ। त्यहाँको अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। यसैगरी नेपालगञ्जको तापक्रम ३८ देखि ४० डिग्री, दिपायलको ३७ देखि ३९ डिग्री तथा भैरहवा र वीरेन्द्रनगरको तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियससम्म पुग्नेछ। यी सहरहरूमा वर्षाको कुनै सम्भावना नरहेकाले दिउँसोको समयमा अत्यधिक गर्मी हुने महाशाखाकोा भनाइ छ । आज देशका पहाडी तथा पूर्वी भू–भागमा भने मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। काठमाडौँसहित पोखरा,सिमरा,ओखलढुङ्गा,धनकुटा,विराटनगर,धरान,जिरी ...
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
६ जेठ,काठमाडौं ।सरकारले प्रत्यायोजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नियमावली स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए। बैठकले सैनिक सेवा छैटौँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने,नेपाल राष्ट्र बैङ्क २०५८ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय भएको छ। यस्तै नेपाल सरकार कार्यजन नियमावली २०८३ अनुसार हुने गरी राजपत्रअङ्गत विशिष्ट श्रेणीका सचिवको दरबन्दी मिलान गर्ने र पदस्थापन गर्ने निर्णय बैठकले गरेको पनि उनले बताए। त्यस्तै बैठकले स्वीजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान स्वीकार गर्ने र काठमाडौंबाट विस्थापित सुकुमबासीलाई पुनर्स्थापना खर्च दिने समेत निर्णय गरेको छ।...
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
५ जेठ,काठमाडौं । सुनचाँदीको भाउ  बढेको छ ।अघिल्लो दिनको तुलनामा आज मंगलबार सुन तोलामा ५ सय रुपैयाँ र चाँदी ४५ रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले  सुनको भाउ तोलामा २ लाख ९५ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ८ सय रुपैयाँ थियो ।  चाँदीको भाउ प्रतितोला ५ हजार ८५ रुपैयाँ कायम भएको छ।अघिल्लो दिन ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो । ...
केएमसीमा विद्यार्थीको आकर्षण, ११ कक्षामा भर्ना हुन १३ हजार विद्यार्थीको आवेदन

केएमसीमा विद्यार्थीको आकर्षण, ११ कक्षामा भर्ना हुन १३ हजार विद्यार्थीको आवेदन

ताजा अपडेट, ब्यानर-१, शिक्षा, समाचार
काठमाडौं । सोमबार दिउँसोसम्म मात्र केएमसी बागबजार र बालकुमारीमा गरी १३ हजार विद्यार्थीको आवेदन आएको स्कुलका निर्देशक सुरेन्द्र सुवेदीले बताए ।“अझै आवेदन आउने क्रम जारी छ,” निर्देशक सुरेन्द्र सुवेदीले भने। अत्याधिक विद्यार्थी आएपछि स्कुलले प्रवेश परीक्षा मार्फत विद्यार्थी छनोट गर्नेछ ।आज ‘मंगलबार प्रवेश परीक्षाको लागि १० वटा सेन्टर बनाएर परिक्षा लिइरहेको छ।धेरै विद्यार्थी भएकाले एकै ठाउँमा इन्ट्रान्स परीक्षा राख्न नसकिएको हो ,’ निर्देशक सुवेदीले भने। उनका अनुसार कक्षा ११ मा बालकुमारीमा ७५० र बागबजारमा २००० को क्षमता छ । त्यसैले इन्ट्रान्स परीक्षामार्फत विद्यार्थी छनोट गर्न लागिएको हो। निर्देशक सुवेदीका अनुसार २५ वर्षदेखि गुणस्तरीय शिक्षा दिदै आएको यस स्कुलबाट गत वर्षमात्र १६ जनाले बोर्ड टप गरेको छन् । केएमसी पढेका ५८ जनाले मेडिकलमा छात्रवृत्तिमा नाम निकालेको छन् ।त्यसैगरी ७४ जनाले ...
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक,अपरान्ह ४ बजे बस्ने

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक,अपरान्ह ४ बजे बस्ने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
५ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्री शाहले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।
घरजग्गा कारोबार वृद्धि,कारोबारबाट गत वैशाखमा ६ अर्ब २६ करोड राजस्व सङ्कलन

घरजग्गा कारोबार वृद्धि,कारोबारबाट गत वैशाखमा ६ अर्ब २६ करोड राजस्व सङ्कलन

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
४ जेठ,काठमाडौं। घर जग्गासम्बन्धी कारोबार  वृद्धि हुँदै छ।पछिल्लो कारोबार र राजस्व सङ्कलनको विवरणले क्रमशः वृद्धि हुँदै देखाएको छ ।गत चैतको तुलनामा गत वैशाखमा राजस्व सङ्कलनमा वृद्धि भएको छ । गत चैतमा घर जग्गा कारोबारबाट कूल रु छ अर्ब १६ करोड ५७ लाख ५० हजार एक सय १७ राजस्व सङ्कलन भएकामा वैशाखमा कूल रु छ अर्ब २६ करोड ३८ लाख २९ हजार आठ सय ७३ बराबरको राजस्व सङ्कलन भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार, गत वैशाखमा सेवा करबाट रु ३४ करोड ४० लाख ६३ हजार चार सय दुई, रजिष्ट्रेशन दस्तुरबाट रु तीन अर्ब ३१ करोड ९५ लाख ५० हजार एक सय १७, पूँजीगत लाभकरबाट रु दुई अर्ब ५५ करोड २४ लाख ६४ हजार २२ सङ्कलन भएको छ । यस्तै, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट रु चार करोड ४८ लाख ७८ हजार तीन सय १८ सङ्कलन भएको छ ।चैतमा सेवाकरमार्फत रु ३६ करोड एक लाख ५५ हजार पाँच सय ७१, रजिष्ट्रेशन दस्तुरबाट...