ताजा अपडेट

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
४ जेठ, काठमाडौं । सोमबार सुनको भाउ बढेको छ भने चाँदी घटेको छ । अघिल्लो दिन तोलामा ४ हजार ५ सय रुपैयाँ घटेको सुन आज ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार ४ जेठका लागि सुनको भाउ तोलाको २ लाख ९४ हजार ८ सय रुपैयाँ तय गरेको छ।सुनको भाउ अघिल्लो दिनको तुलनामा ८ सय रुपैयाँले बढेको छ। चाँदीको भाउ तोलाको ५ हजार ४० रुपैयाँ कायम भएको छ जुन अघिल्लो दिनभन्दा २० रुपैयाँले घटेको हो।...
नेपाल तामाङ घेदुङ अध्यक्षमा रामकृष्ण ब्लोन निर्वाचित

नेपाल तामाङ घेदुङ अध्यक्षमा रामकृष्ण ब्लोन निर्वाचित

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
४ जेठ, काठमाडौं ।नेपाल तामाङ घेदुङको अध्यक्षमा रामकृष्ण ब्लोन तामाङ निर्वाचित भएका छन् । घेदुङको १०औं संघीय महाधिवेशनबाट ब्लोन अध्यक्षमा निर्वाचित भएका हुन् ।अध्यक्षमा पाँच जनाले प्रतिस्पर्धा गरेका थिए । ३०६ मत प्राप्त गर्दै अध्यक्षमा ब्लोन निर्वाचित हुँदा उनका प्रतिस्पर्धीहरू कुमारसिंह घिसिङले ९८, मित्रसेन योन्जनले ५९,अमिर लामा मोक्तानले ३२ र मानबहादुर तामाङले २७ मत प्राप्त गरे । सहअध्यक्ष पदमा सरोजमोहन लामा निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष पदमा सञ्चु ब्लोन तामाङ ३६० मतसहित विजयी भएकी छन् भने उनका प्रतिस्पर्धी हरिजङ तामाङले १३२ मत प्राप्त गरेका छन् पाँच खुल्ला उपाध्यक्ष पदका लागि १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएकोमा काजिमान थिङ ३७८ मत,रुपबहादुर योन्जन २४६ मत,दिनेश कुमार लो १८३ मत, प्रेम लो तामाङ १८१ मत तथा पासाङदोर्जे लामा १७६ मतसहित निर्वाचित भएका छन् । ...
दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ : परराष्ट्रमन्त्री खनाल

दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ : परराष्ट्रमन्त्री खनाल

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, बिशेष, समाचार, स्थानीय, स्वास्थ्य
४ जेठ काठमाडौं ।परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका छन्। टोखा नगरपालिकाले आयोजना गरेको आर्थिक वर्ष २०८३र८४ को नीति,कार्यक्रम तथा बजेट तर्जुमाका लागि सल्लाह,सुझाव सङ्कलन कार्यक्रममा उनले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताए । अबको समय भनेको राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने समय भएको भन्दै उनले आफुले गरेका कामहरु पुस्तौंपुस्ताले लाभ लिने गरि गर्नुपर्ने आवश्यकत औंल्याए । “अबको २०र२५ वर्षपछिको पुस्ताले पनि सम्झिने गरी काम गर्ने अवसर अहिलेको स्थानीय तहका जनप्रतिनिधिमा छ, त्यसैले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा केन्द्रित हुनुहोस्,” उनले भने । काठमाडौँ क्षेत्र नं ६ बाट निर्वाचित सांसद खनालले टोखाको दक्षिणी भेग निकै बाक्लो बस्तीले भरिएको र उत्तरी भेगमा अझै पनि खुला ...
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पदमा दरखास्त आह्वान

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पदमा दरखास्त आह्वान

ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
४ जेठ काठमाडौं ।सरकारले देशका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सोमबार  सूचना जारी गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आवेदन माग गरेको हो। ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार गठित छनोट तथा सिफारिस समितिले उपयुक्त उम्मेदवार सिफारिस गर्न प्रक्रिया अघि बढाएको जनाएको छ। इच्छुक तथा योग्य व्यक्तिहरूले मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध लिङ्कमार्फत १० दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।  ...
आजको मौसम : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
४ जेठ,काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश,बागमती र गण्डकी प्रदेश लगायतका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ। त्यस्तै कर्णाली प्रदेशको हिमाली भू–भाग र मधेश प्रदेशमा आंशिक बादल लाग्ने सम्भावना छ । हिमाली, पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। उता राति पनि कोशी लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ। पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ । यस्तै तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी , बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  ...
सरकारले असार १ देखि कक्षा ११ को भर्ना अभियान थाल्ने

सरकारले असार १ देखि कक्षा ११ को भर्ना अभियान थाल्ने

ताजा अपडेट, बिशेष, शिक्षा
१ जेठ, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएसँगै अब असार १ गतेबाट कक्षा ११ मा भर्ना अभियान सुरू हुने भएको छ । यसपटक बोर्डले एकमहिना भित्रै नतिजा प्रकाशित गरेपछि भर्ना पनि चाँडै खुल्ने भएको हो । कतिपय विद्यालयहरुले एसईई नतिजाको भोलिपल्टैदेखि अनलाइन र भौतिक दुवै माध्यमबाट आवेदन लिन थालिसकेका छन् । यता काठमाडौं महानगरपालिकाले पनि छात्रवृत्तिका लागि अनलाइन फाराम खुला गरिसकेको छ । तर, यतिबेला अघिल्लो शैक्षिक सत्रको कक्षा ११ को पठनपाठन र परीक्षा सकिएको छैन ।  ...
बेनी–जोमसोम–कोरला सडकमा ५ वटा पुल बनाउन अर्थ मन्त्रालयले दियो स्रोत सहमति

बेनी–जोमसोम–कोरला सडकमा ५ वटा पुल बनाउन अर्थ मन्त्रालयले दियो स्रोत सहमति

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार
१ जेठ, काठमाडौं ।उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाअन्तर्गत पाँच वटा पुल निर्माणका लागि अर्थ मन्त्रालयले ९६ करोड ८० लाख रुपैयाँ स्रोत सहमति दिएको छ । मालढुङ्गा–बेनी र बेनी–जोमसोम सडकखण्डमा पक्की पुल निर्माणका लागि मन्त्रालयले स्रोत सहमति दिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका आयोजना प्रमुख तेजस्वी शर्माले बताइन् । आयोजना अनुसार कोरला सडकअन्तर्गत पर्वत–म्याग्दी जोड्ने बेनीस्थित कालीगण्डकी नदी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से झरना,थासाङ–२ स्थित सुनखोला र घट्टे खोलाको बेलिब्रिज रहेको स्थान,थासाङ गाउँपालिका–टुकुचेस्थित थापाखोलाको बेलिब्रिज रहेको स्थानमा पक्की पुल निर्माणका लागि स्रोत सहमति भएको हो । पाँच वटै पुल निर्माणका लागि एक महिनाभित्रै ठेक्का प्रक्रिया गरिने प्रमुख शर्माले जानकारी दिइन्।उत्तर - दक्षिण जोड्ने कोरला सडक आयोजना अन्तर्...
यस्ता छन् अर्थमन्त्री वाग्लेद्धारा प्रस्तुत आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता

यस्ता छन् अर्थमन्त्री वाग्लेद्धारा प्रस्तुत आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता

ताजा अपडेट, बिशेष, समाचार
१ जेठ,काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकता पेस गरेका छन् । बिहीबार राष्ट्रियसभाबाट सरकारका नीति तथा कार्यक्रम पारित भएसँगै वाग्लेले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । वाग्लेले ४० बुँदामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् । यस्तो छ पूर्णपाठ : विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता १) सक्षम,न्यायपूर्ण र समुन्नत नेपालको आकाङ्‍क्षा बोकेका परिवर्तनकामी युवाहरूको आन्दोलन र उत्सर्गको जगमा सम्पन्‍न आमनिर्वाचनबाट प्राप्‍त अभूतपूर्व जनादेश शिरोपर गर्दै बनेको सरकारको अर्थमन्त्रीको हैसियतमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्न आज म यस गरिमामय सदनमा उभिएको छु। यस अवसरमा राजनीतिक स्वतन्त्रता, नागरिक अधिकार र समन्यायिक समुन्‍नतिका लागि भएका ऐतिहासिक आन्दोलनहरूमा जीवन अर्प...
प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह( बालेन) र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको । शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भएको हो । भेटका क्रममा सरकारले हालै पारित गरेको नीति तथा कार्यक्रम र आगामी बजेट लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रम मार्फत सरकारले कृषि एवं लघु,साना तथा मझौला उद्योगको प्रवर्द्धन तथा प्रायोगिक र रोजगारमूलक शिक्षा उपलब्ध गराई सीपयुक्त जनशक्तिको विकास गर्ने घोषणा गरेको छ। नवप्रवर्तन,उद्यमशीलता र स्टार्टअप संस्कृतिलाई उत्पादन र रोजगारीसँग आबद्ध गर्न उपयुक्त वित्तीय साधन परिचालन गर्ने पनि उल्लेख गरेको छ । शिक्षा प्रणालीलाई उत्पादन,उद्यमशीलता, नवप्रवर्तन र श्रम बजारसँग आबद्ध गर्ने ,प्राविधिक तथा व्यावसायिक शिक्षामा राज्यको लगानी बढाई रोजगार–केन्द्रित शिक्षामा जोड द...
विद्यालयको हिउँदे र वर्षे बिदा कटौती

विद्यालयको हिउँदे र वर्षे बिदा कटौती

ताजा अपडेट, बिशेष, शिक्षा, समाचार
२९ वैशाख, काठमाडौं । विद्यालयको हिउँदे र वर्षे बिदमा कटौती गरिएको छ ।दुई दिन बिदा दिँदा कोर्स पूरा नहुने भएपछि अरू बिदा कटौती गरिएको जनाइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार हिउँदे र वर्षे बिदाको साविकको अवधि ४५ दिनलाई ३० दिन कायम गरिएको छ । प्रत्येक दिन प्रार्थना समय १५ मिनेट र खाजा समय ३० मिनेट व्यवस्थापन गर्ने निर्णय पनि भएको छ । त्यसैगरी सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठनसँग सम्बन्धित कियाकलाप सञ्चालन गर्न विद्यालयहरूलाई भनिएको छ । पहिलो र दोस्रो त्रैमासिकमा गरिने आन्तरिक मूल्यांकनलाई पठनपाठन भएकै दिन वा पठनपाठनमा असर नपर्ने दिनमा गर्ने गरी व्यवस्थापन गर्ने केन्द्रले जनाएको छ । अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिमका १२ दिनलाई उपयोग गर्न सकिने उल्लेख गरेको छ । मन्त्रिपरिषद् बैठकले २०८२ चैत २२ गते शैक्षिक संस्थाहरूमा हप्ताम...