१२ हजार ६ सयले घट्यो सुनको भाउ

२७ कत्तिक, काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारपछि एकैपटक शुक्रबार मूल्य समायोजन गरेको हो । मूल्य  समायोजन हुँदा तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको हो ।

महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँ तोकेको छ । यसअघि सोमबार २ लाख ८४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १५५ रुपैयाँ घटेको छ ।सोमबार प्रतितोला ३ हजार ८५५ रुपैयाँ रहेको थियो ।