
२७ कात्तिक काठमाडौं ।माइक्रोसफ्टका विभिन्न सेवामा बिहीबार विश्वव्यापी रूपमा कनेक्टिभिटी समस्या देखिएको छ।
कम्पनीका टिम्स,आउटलुक र एआई सफ्टवेयर कोपाइलट प्रयोगकर्ताहरूले सेवा सञ्चालनमा समस्या आएको भन्दै गुनासो गरेका छन् ।
समस्या देखिएपछि माइक्रोसफ्टले सेवा सामान्य अवस्थामा फर्काउन प्राविधिक टोली सक्रिय रहेको जनाएको छ।
कम्पनीका अनुसार आफ्नो पूर्वाधारको एक भागमा अत्यधिक भार परेका कारण कनेक्टिभिटी समस्या उत्पन्न भएको हो।
माइक्रोसफ्टले यो समस्या पहिलो पटक अमेरिकामा रिपोर्ट भएको बताए पनि यसले विश्वका जुनसुकै क्षेत्रका प्रयोगकर्तालाई असर गर्न सक्ने जनाएको छ।
आउटेज निगरानी गर्ने वेबसाइट डाउनडिटेक्टरका अनुसार भारतीय समयअनुसार बिहीबार राति करिब १२ बजे बेलायतमा माइक्रोसफ्टका सेवासम्बन्धी गुनासोमा अचानक वृद्धि भएको थियो।
यस्तै अमेरिकामा बिहीबार राति ११:४५ बजेसम्म माइक्रोसफ्ट आउटलुकमा समस्या आएको भन्दै १ लाख ३१ हजारभन्दा बढी गुनासो दर्ता भएका थिए।
