
काठमाडौं।भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ड्राइभिङ लाइसेन्स छाप्न अझै डेढ वर्ष लाग्न सक्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री महासेठले ड्राइभिङ लाइसेन्सको समस्या समाधान गर्न अझै डेढ वर्ष लाग्ने बताएको स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार उनले बैठकमा सांसदहरूका प्रश्नहरूको जवाफमा दैनिक ५ हजार लाइसेन्स प्रिन्ट हुन लागेको भन्दै महासेठले समस्या समाधानका लागि पहल गरेको जिकिर गरेका थिए।
