नेताहरूको मृत्युको कामना गर्दै ‘अनुष्ठान’ गरेका पुष्कर खतिवडा पक्राउ

काठमाडौं ।ज्योतिषी तथा धार्मिक अभियन्ता पुष्कर खतिवडा आफ्नो निवासबाटै पक्राउ परेका छन्।नेताहरूको मृत्युको कामना गर्दै ‘अनुष्ठान’गरेको आरोपमा खतिवडालाई काठमाडौं प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको उनले प्रहरी नियन्त्रणेका क्रममा आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

अनुष्ठानको प्रयोजन आपत्तिजनक भएकाले पक्राउ गरेको प्रहरीको भनाई छ । 

उनले लेखेका छन्, ‘मलाई भर्खरै प्रहरी वृत्त महाराजगञ्ज लगिएको छ। कामना गरौं देश बनोस् ।’

चार दिनअगाडि नै नेताहरूको मृत्युको कामना गर्दै एउटा अनुष्ठान आयोजना गर्न लागेको र त्यसमा सबैले साथ दिन अनुरोध गर्दै उनले भिडिओ पोष्ट गरेका थिए । त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना भएलगत्तै उनले यो भिडिओ पोस्ट गरेका थिए।

उनले यस्तो लेखेका थिए :

‘मलाई धेरैले गाली गर्नुहोला।नराम्रो भन्नुहोला ।नकारात्मक कमेन्ट गर्नुहोला ।तर,मलाई यसले खासै फरक पर्दैन ।अब अति नै भइसकेको छ ।श्रावणको सोमबार मेरो नित्य साधनाको समयमा,यो देशलाई खाल्डामा हाल्ने नेताहरू जति छन्, उनीहरूको फोटो हारसहित राखेर यमराजको मूर्ति निर्माण गरेर वा फोटो राखेर उनीहरूको मृत्यूको लागि यमराजको पूजा गर्ने निर्णय गरेको छु।’

‘तपाईंहरू पनि यो पूजामा सहभागी भएर उनीहरूलाई तीलाञ्जली वा तर्पण दिन चाहनुहुन्छ भने यो महान कार्यमा सहभागी भइदिनु होला । गाली गर्नेलाई यो कमेन्ट बक्स खुला छ ।’उनले उल्लेख गरेका छन् ।

झापा घर भएका पुष्कर खतिवडाले फेसबुकमा आफूलाई धर्मगुरु र ज्योतिष भनेर चिनाएका छन् । सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट स्नातक गरेको उनको प्रोफाइलमा उल्लेख छ । 

प्राइम टेलिभिजनमा ‘ज्योतिष चक्र’ कार्यक्रम चलाउने खतिवडाले करिब दुई साता अगाडि साउन र भदौ महिना राम्रो नरहेको र विभिन्न अनिष्ट हुन सक्ने भविष्यवाणी गरेका थिए ।

उनले भनेका थिए, ‘यदि टाढाको यात्रा प्लेनको यात्रा गर्दै हुनुहुन्छ भने विशेष गरेर साउन र भदौ महिना मंगल र शनिको प्रभावका कारण अत्यन्त खतरा रहेको छ । कुनै ठूला ठूला राजनीतिज्ञ, सेलिब्रिटीको निधनको खबर आउन सक्छन् भने कुनै पनि हवाईसँग सम्वन्धित दुर्घटना वा अत्यधिक कुनै पनि प्रकारका दुर्घटनाको योग बनिरहेको छ । त्यसैले यी दुई महिना अत्यन्तै खराब समय चलिरहकाले लामो यात्रा नगर्नु होला ।’

सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि आफ्नो भविष्यवाणी मिलेको भन्दै उनले सामाजिक सञ्जालमा विवादास्पद पोस्ट गरे

त्यसमा लेखेका छन्

एयरलाईन्सहरू तपाईँहरू दुर्घटनाको उच्च जोखिममा हुनुहुन्छ।। आउनुस् कुन-कुन दिन प्लेन नउडाउने लेखेर दिन्छु ।सञ्जालमा चाहिँ पक्कै हाल्दिनँ ।

यो सिलसिला झन् लम्बियो ।गोचरिय हिसाबमा राष्ट्रमा उथलपुथलको पनि योग बन्दैछ ।। ओलिजी होसियार रहनुहोला ।।