बुढानीलकण्ठ नगरपालिकाकाले गरे उत्कृष्ठ आठ कर्मचारीहरुलाई सम्मान

२१, मंसिर काठमाडों । बुढानीलकण्ठ नगरपालिकाले उत्कृष्ठ कर्मचारीहरुलाई सम्मान गरेको छ । नगरपालिकाले  ११ औं नगर स्थापना दिवसको अवसर पारेर ८ जना कर्मचारीलाई स-सम्मान पुरस्कृत गरेको हो ।उत्कृष्ट कर्मचारी छनोट तथा सिफारिसका लागी गठन गरिएको ३ सदस्यीय कार्यदलले छनौट गरेका कर्मचारीहरुलाई सम्मान गरेको हो।

नगरपालिकाले महाशाखा प्रमुख विधा मध्यबाट शिक्षा युवा तथा खेलकूद महाशाखा प्रमुख ललित विक्रम सिंह, शाखा प्रमुखरअधिकृत स्तर मध्येबाट पशु सेवा शाखा प्रमुख ओमकुमारी गुरुङ्ग, वडा सचिवहरुमध्येबाट वडा नं. १० का वडा सचिव भोलाराज ढुङ्गाना, सहायकस्तर कर्मचारी तर्फ वडा नं. ११ का प्राविधिक (सब इन्जिनियर) विमल कार्की र स्वास्थ्यचौकीहरुमध्ये चुनीखेल स्वास्थ्य चौकी, वडा नं. १३ का ईन्चार्ज सरिता श्रेष्ठ सम्मानित भएका छन् ।

त्यस्तै नगरप्रहरी मध्ये नगरप्रहरी जवान बिमला तामाङ्ग र श्रेणी विहीन कर्मचारीमध्ये हेभी सवारी चालक अर्जुन भण्डारीलाई पुरस्कार दिईएको छ भने बुढानीलकण्ठ लाइफटाइम एचिभमेन्ट अवार्ड तर्फ वडा नं. १३ का वडा सचिव नरेन्द्र श्रेष्ठलाई पुरस्कार सहित सम्मान गरिएको छ।पुरस्कृत हुन सबै कर्मचारीहरुलाई नगद रु. १५,०१५र( ९पन्ध्र हजार पन्ध्र  राशी सहित, प्रमाणपत्र प्रदान गरिएको थियो ।