त्रिदेशीय विद्युत् व्यापार सम्झौता देशको समृद्धिका लागि कोसेढुंगास् :प्रचण्ड

२, फागुन काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत् व्यापार सम्झौता कोसेढुंगा भएको बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का पदाधिकारीहरूसँग आज भएको भेटमा उनले यस्तो धारणा राखेका हुन् । उनले प्रधानमन्त्रीका रूपमा आफूले भारत भ्रमण गर्दा भारतीय समकक्षीसँग त्रिदेशीय विद्युत् व्यापारको सहमति गरेका थिए । “भारत र बंगलादेशसँग मैले धेरै नै मेहनत गरेर विद्युत् व्यापार सम्झौता गरेको थिएँ, यो देशको समृद्धिका लागि कोसेढुंगा नै हो । उनले भने