
काठमाडौं । प्रियंका कार्की र करिश्मा मानन्धरको शीर्ष भूमिका हुने फिल्म ‘माइली’को शुभसाइत गरिएको छ । मंगलबारदेखि छायांकन सुरु गरिने सो फिल्ममा बाबु बलामीले निर्देशन गर्ने भएका छन्।
सो फिल्मको भद्रकाली मन्दिरमा मुहूर्त पूजा गरिएको छ।मुहूर्त पूजामा प्रियंकासहितका कलाकार र प्राविधिकहरु सहभागि थिए ।फिल्ममा शर्मिला मल्ल,कमला घिमिरे,सुष्मा लामा,अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी,सरिता भण्डारी,प्रितिका शर्मा,आश्मा पाण्डे र रेश्मा केसीको पनि अभिनय गर्ने भएका छन्।
अभिनेत्री कार्की र यो फिल्मबाट डेब्यु गर्न लागेकी गायिका कमला घिमिरेले मुहुर्त सट दिएका छन्।फिल्ममा प्रियंका र कमला आमाछोरीको भूमिकामा छन्।
मकवानपुरकोवीरखर्क,कुलेखानी,काठमाडौं र युएईको दुबईमा फिल्म छायांकन हुनेछ।फिल्ममा शंकर अधिकारी ‘घायल’को गीत र पटकथा,सम्बाद,राजेन्द्र बजगाइको संगीत,शिव ढकालको छायांकन,केवलमान सिंह बस्नेतको प्रोडक्सन, समीर मियाँको सम्पादन छ । भन, रामजी राउतको सहायक निर्देशन रहने बताइएको छ ।
