चीन भ्रमण सफल हुन्छ : प्रधानमन्त्री ओली

७, मंसिर काठमाडों । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आगामी चीन भ्रमण सफल हुने बताएका छन्।

नेकपा (एमाले) का उपत्यकाका तीन जिल्ला कमिटीले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएको हो।

उनले मङ्सिर १७ गतेदेखि छिमेकी चीनको भ्रमण गर्दै छ । उनले भ्रमण केबल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने स्पष्ट पारेका छन् ।