यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

६, फागुन काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पुनः उकालो लागेको छ ।

अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ३१ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ तीन पैसा निर्धारण गरिएको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ७५ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ५१ पैसा कायम गरिएको छ । स्विस फ्र्यांक एकको खरिददर एक सय ५३ रुपैयाँ ९९ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ६६ पैसा तय गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९८ रुपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ८६ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १४ पैसा र बिक्रीदर नौ रुपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रुपैयाँ १४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ पाँच पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा कायम भएको छ ।