
१ जेठ, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएसँगै अब असार १ गतेबाट कक्षा ११ मा भर्ना अभियान सुरू हुने भएको छ ।
यसपटक बोर्डले एकमहिना भित्रै नतिजा प्रकाशित गरेपछि भर्ना पनि चाँडै खुल्ने भएको हो ।
कतिपय विद्यालयहरुले एसईई नतिजाको भोलिपल्टैदेखि अनलाइन र भौतिक दुवै माध्यमबाट आवेदन लिन थालिसकेका छन् ।
यता काठमाडौं महानगरपालिकाले पनि छात्रवृत्तिका लागि अनलाइन फाराम खुला गरिसकेको छ । तर, यतिबेला अघिल्लो शैक्षिक सत्रको कक्षा ११ को पठनपाठन र परीक्षा सकिएको छैन ।
