
२९ वैशाख, काठमाडौं । विद्यालयको हिउँदे र वर्षे बिदमा कटौती गरिएको छ ।दुई दिन बिदा दिँदा कोर्स पूरा नहुने भएपछि अरू बिदा कटौती गरिएको जनाइएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार हिउँदे र वर्षे बिदाको साविकको अवधि ४५ दिनलाई ३० दिन कायम गरिएको छ ।
प्रत्येक दिन प्रार्थना समय १५ मिनेट र खाजा समय ३० मिनेट व्यवस्थापन गर्ने निर्णय पनि भएको छ ।
त्यसैगरी सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठनसँग सम्बन्धित कियाकलाप सञ्चालन गर्न विद्यालयहरूलाई भनिएको छ ।
पहिलो र दोस्रो त्रैमासिकमा गरिने आन्तरिक मूल्यांकनलाई पठनपाठन भएकै दिन वा पठनपाठनमा असर नपर्ने दिनमा गर्ने गरी व्यवस्थापन गर्ने केन्द्रले जनाएको छ ।
अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिमका १२ दिनलाई उपयोग गर्न सकिने उल्लेख गरेको छ ।
मन्त्रिपरिषद् बैठकले २०८२ चैत २२ गते शैक्षिक संस्थाहरूमा हप्तामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
