
१३ जेठ, काठमाडौं । सेयर बजारमा झन्डै एक महिनापछि कारोबार रकम ६ अर्ब नाघेको छ ।
आज बुधबार बजारमा ६ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम वैशाख १५ यताकै उच्च हो ।
बजार परिसूचक नेप्से भने आज जम्मा ४.९९ अंक (०.१७ प्रतिशत) बढेको छ । सो वृद्धिपछि २७८२ अंकमा कायम भएको छ ।
आज १५१ कम्पनीको मूल्य बढ्यो भने १०५ को घटेको छ । त्यस्तै १४ कम्पनीको मूल्य स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।
