
२८ जेठ, काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ। आज नेप्से परिसूचक ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा पुगेर बन्द भएको हो।
आज बजारमा ३५० वटा कम्पनीका ९२ लाख ३१ हजार २१६ कित्ता सेयर ५८ हजार ३९१ पटक खरिदबिक्री हुँदा कूल ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा ८२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ।१३ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
