
२७ कात्तिक,काठमाडौं ।सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसको आधारमा आज शुक्रबार न्यायाधीशहरू नियुक्त गरेका हुन्।
नियुक्त हुनेमा डा.रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू,जनक पाण्डे र गोकर्ण डाँगी छन्।

