
बाँके । नेकपा (एमाले) बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मत गणनाअनुसार उनी नवौं जिल्ला अधिवेशनबाट डिल्ली बिसीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
गुरुङले २९१ मत प्राप्त गरेर विजयी हुँदा बिसीले १५४ मत पाएका थिए । पूर्वपत्रकार समेत रहेका बिसीलाई एमाले महासचिव शंकर पोखरेलको साथ थियो ।
निर्वाचनबाट उपाध्यक्षमा रत्न खत्री विजयी भएका छन् । प्रदेश सरकारका सामाजिक विकासमन्त्री समेत रहेका खत्रीले ३१३ मत पाएका छन् । उनका प्रतिस्पर्धी रवीन्द्र लम्सालले १३८ मत पाए ।
