देउवाले बोलाए मधेशवादी दलको बैठक

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेशवादी दलको छलफलका लागि बोलाएका छन् । सभापति देउवाले आफ्नै निवास बुढानिलकण्ठमा मधेस प्रदेश सरकार लगायतका विषयमा छलफल गर्न देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्था ठाकुरलाई बोलाएका हुन् ।

देउवाको सचिवालयका अनुसार उनले साँझ ५ बजे उनीहरुलाई छलफलका लागि बोलाएका हुन् । मधेस प्रदेशमा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि जसपा नेपालका सरोज यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

कांग्रेस, जसपा नेपाल, एकीकृत समाजवादी, लोसपा एक ठाउँमा आउँदा मधेसमा केन्द्रीय सत्ता गठबन्धन बाहेकको सरकार बन्ने देखिन्छ । मधेसमा कांग्रेसका २२, जसपा नेपालका १९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ गरी ५६ सांसद छन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ ।