गण्डकीका अस्पतालमा गर्भवती र सुत्केरी आवास स्थापना गरिने

काठमाडौं । गण्डकी प्रदेशका अस्पतालमा गर्भवती र सुत्केरीका लागि आवास निर्माण गरिने भएको छ । नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्रराज पाण्डेले बुधबार पदभार ग्रहण गरेसँगै प्रदेशका १२ वटा अस्पतालमा आवास निर्माण गर्ने घोषणा गरेका हुन् ।

निर्णयमा भनिएको छ, ‘प्रदेश सरकार मातहतका १२ वटा अस्पतालहरूमा गर्भवती तथा सुत्केरी महिलाका लागि आवास स्थापना तथा सञ्चालन गरिने छ,’

यस्तै उनले स्थानीय न्यायिक सहजकर्ता (नियुक्ति तथा परिचालन) कार्यविधि २०८१ तर्जुमा गर्ने निर्णय पनि गरेका छन् ।