
२१ साउन,काठमाडौं।नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च १ लाख ५० हजारको रेकर्ड राखेको छ।
अघिल्लो साताको शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैयाँको रेकर्ड बनाएको छापावाला सुनको मूल्यले सोमबार सो रेकर्ड तोडेर अहिलेसम्मकै उच्च मूल्य कायम गरेको हो।
छापावाला सुनको मूल्य अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको थियो तर आज तोलामा ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि बढेको छ।आज तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।भने, चाँदीको मूल्य स्थिर छ।चाँदी प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।
