
२२ साउन,काठमाडौं ।वरिष्ठ उद्योगपति तथा संविधानसभा सदस्य श्रवणकुमार अग्रवालको निधन भएको छ।मारवाडी सेवा समितिका पूर्वअध्यक्ष समेत रहेका अग्रवालको ७७ वर्षको उमेरमा गएराति निधन भएको हो।
स्वर्गीय अग्रवाल आरएमसी सिमेन्ट,पाल्पा सिमेन्ट,आरएमसी फुड्स उद्योगलगायतका विभिन्न उद्योग व्यवसायमा क्रियाशील थिए।
उनका श्रीमती,दुई छोरा र एक छोरी छन्।उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवार स्रोतले बताएको छ।
