प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

३०, भदौ काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

आजको बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय दोस्रो संशोधन  विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने तयारी छ ।

बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैङ्किङ कसुर तथा सजाय दोस्रो संशोधन  विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘विधायन व्यवस्थापन, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।